Comments Add Comment

त्रिशुली बस दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख ब्यक्त

१० भदौ, काठमाडौं । २२ जनाको मृत्यु हुनेगरी त्रिशुली नदीमा भएको यात्रुबस दुर्घटनाप्रति नेपाली कांग्रेसले दुःख ब्यक्त गरेको छ ।

Congress-Flagनेपाली कांग्रेसले बिज्ञप्ति जारी गर्दै मुग्लिन-नारायणगढ सडकखण्डको कालिखोलामा शुक्रबार बिहान ३ बजे भएको बस दुर्घटनामा २२ जनाको मृत्यु भएकोप्रति दुःख व्यक्त गरेको हो ।

बिज्ञप्तिमा भनिएको छ, ‘घटनामा परि निधन भएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँहरुका शोक सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दछ ।’

साथै कांग्रेसले घाइतेहरुको उद्धार र उपचारको प्रबन्ध गर्न सरकारसँग माग गर्दै गरेको छ ।

राैतहटबाट पोखरा जाँदै गरेकाे ग १ ख ३७०९ नम्बरको अाज बिहान चितवनको कालीखोलामा दुर्घटनामा परेको थियो । दुर्घटनामा अहिलेसम्म २२ जनाको मृत्यु भइसकेको छ भने १० जनाभन्दा बढी घाइते छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment