Comments Add Comment

छोटो समयमै लोकप्रिय बन्यो सुजुकी बलेनो

baleno-suzuki
१० भदौ, काठमाडौं । नेपाली प्रिमियम ह्याचब्याक कार बजारमा सुजुकीको बलेनोले आकर्षक ब्यापार गरेको छ । ३ महिनमै ६ सयभन्दा बढी बुकिङ भएर ४ सयभन्दा धेरै बलेनोको डेलिभरी दिइसकिएको सिजी मोटोर्कपका सेल्स विज्ञ राजकुमार ढकालले बताए ।

नेपाली ग्राहकमाझ लोकपि्रय बन्ने क्रममा बलेनोले धेरै ग्राहकको मन जितेको छ । ‘अहिले झण्डै साढे दुई सय कार बुकिङ भएर डेलिभरीका क्रममा छन्’ ढकालले भने, ‘बलेनोले पि्रमियम ह्याचब्याक सेगमेन्टमा धमाकानै मच्चाएको छ ।’

१२ सय सीसीको भीभीटी पेट्रोल इञ्जिन भएको बलेनो ले १३ किलोमिटरभन्दा माथि माइलेज दिने दाबी कम्पनीको छ ।

बलेनोको नेपाली बजारमा सुरुवाती मूल्य २८ लाख ६९ हजार रुपैयाँ तोकिएको छ । प्रिमियम ह्याचब्याक सेगमेन्टमा यो मूल्य अरुको तुलनामा उत्तम रहेको कम्पनीले दावी छ ।

१२ सय सीसीको यो कार चार वटा भेरियन्टहरुमा उपलब्ध छ । सिग्मा, डेल्टा, सेटा र अल्फा भरियन्टहरुमा ग्राहले रोज्न सक्छन् ।

बलेनो सिग्माको मूल्य २८ लाख ६९ हजार रुपैयाँ छ भने बलेनो डेल्टालाई ३० लाख ६९ हजार रुपैयाँ पर्छ । यस्तै बलेनो सेटालाई ३३ लाख ६९ हजार रुपैयाँ र बलेनो अल्फालाई ३६ लाख ६८ हजार रुपैयाँ तोकिएको छ । भेरियन्टहरुमा फरक-फरक सुविधाहरु छन् ।

सिग्मामा एसीसहित पावर स्टेरिङ लगायतका सुविधा छन् भने ४ पावरमा विन्डो, रिमोर्ट लक्ड लगायत थप सुविधा राखिएका छन् ।

सेटामा पुस बटम स्टार्ट, आउट क्रोम, फागलाइट लगायत छन् भने फूल अप्सनमा भने प्रोजेक्टेड हेड ल्याम्प, एलइडी डिस्प्ले, रिभर्स क्यामेरा, एपल प्ले म्युजिक सिस्टम लगायत सुविधा छन् ।

बलेनोमा एयरब्यागसहित विभिन्न सुरक्षा प्रविधिहरु पनि अपनाइएको छ । यसले चालक र यात्रुहरुलाई दुर्घटनाका समयममा पनि सुरक्षित राख्न मद्धत गर्छ ।

बलेनो ग्रे ह्वाइट, पि्रमियम सिल्भर, रेड लगायत ६ कलरमा उपलब्ध छ । आफूलाई मनपरेको रंगमा यो कार ग्राहकले किन्न सक्छन् ।

यसको ग्राउण्ड क्लेयरेन्स पनि आकषैक छ । १७० मिलिमिटरको ग्राउण्ड क्लेयरेन्सले पनि बलेनोप्रति धेरै आकषिर्त भएका छन् । कम्पनीले ये कारमा २ वर्ष सर्भिसिङ फ्री गरेको छ भने ४ वर्षको वारेन्टी पनि दिएको छ ।

सार्वजनिक भएलगत्तै बलेनोले विज्ञहरुबाट उच्चतम सवारी क्षमता, सुरक्षा, इन्धन क्षमता र कम ध्वनी प्रदुषणका लागि तारिफ पाएको छ ।

यसलाई सुजुकीको नवीनतम सुजुकी टिइसीटी प्लेटर्फममा बनाइएकाले पनि धेरैले रुचाएका छन् । यो प्लेटर्फम अन्यभन्दा सय केजी हल्का र १० प्रतिशत बढी बलियो र तुलनात्मक रुपमा अरुभन्दा मजबुत रहेको कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment