Comments Add Comment

लागूऔषधसहित एकजना पक्राऊ

१० भदौ, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका २० बाट एक जना लागूऔषधसहित पक्राउ परेका छन् ।

arrestसशस्त्र प्रहरी टोली र स्थानीय प्रहरीले बाँकेको पितमारी २ बस्ने २४ वर्षीय बिनोद रानालाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म जमुनाह बाँकेबाट खटिएको टोलीले जाँच गर्दा भारतबाट नेपालतर्फ आउँदै गरेका रानाको साथबाट कारेक्स एक सय एमएलको एउटा र नाइट्रोजन ट्याब्लेट ५ वटा फेला परेको थियो ।

पक्राउ परेका रानालाई बरामद लागूऔषसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment