Comments Add Comment

भारतको सिमलामा एकै परिवारका पाँच नेपालीको मृत्यु

१० भदौ, काठमाडौं । भारतको सिमलामा एकै परिवारका पाँच नेपालीको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

oudburst-in-Shimla-district
भारतको हिमाञ्चलमा प्रदेशमा आएको बाढी । तस्वीर: इण्डिया टुडे

घटना गत आइतबार रातिको हो । तर, प्रहरीले शुक्रबारमात्रै घटनाबारे जानकारी दिएको हो ।

हिमाञ्चल प्रदेशमा पर्ने सिमलाको बन्द्राली गाउँमा घनघोर पानी परेको र पहिरोमा पुरिएर एकै परिवारका पाँच नेपालीको मृत्यु भएको इण्डो एसियन न्यूज सर्भिसले जनाएको छ ।

मृत्यु हुनेमा नेपाली नागरिक लछिराम, उनकी श्रीमती र तीन जन बच्चा रहेको समाचारमा उल्लेख छ । तर, उनीहरुको नेपालको ठेगाना भने उल्लेख छैन ।

लछिराम परिवारका सदस्यसहित अस्थायी टहरोमा त्यहाँ बस्दथे र स्याउको बगैंचामा काम गर्दथे ।

अविरल वर्षा र पहिरोले स्याउ बगैंचा ध्वस्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment