Comments Add Comment

पर्यटनमन्त्री भन्छन्- सुस्ताएर भएन, योजना ल्याउनुस्

'कानुनी जटिलता भए म फुकाउँछु'

Welcome-to-Jiban-Bahadur-Sh
नवनियुक्त पर्यटनमन्त्री जीवनबहादुर शाहीलाई शुक्रबार मन्त्रालयमा स्वागत गर्दै कर्मचारी । तस्वीर: रासस

१० भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डेयन मन्त्री जीवनबहादुर शाहीले पर्यटन विकासलाई लक्षित गरेर परिणाममूखी काम गर्न मातहतका कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

पदभार ग्रहणपछि कर्मचारीहरुलाई निर्देशन दिँदै मन्त्री शाहीले मुलुकको आर्थिक समृद्धिको मुख्य आधार नै पर्यटकको संख्या बृद्धि गर्नु भएकाले त्यहिअनुसार काम गर्न निर्देशन दिएका हुन् ।

‘विज्ञ तपाईंहरु नै हो, सबै मिलेर पर्यटन विकासमा जोड गरौं, योजना ल्याउनुस्,’ मन्त्री शाहीले भने, ‘कानुनी जटिलता भए म फुकाउँछु, प्रक्रिया पुर्‍याउने भन्दै सुस्ताएर भएन ।’

मन्त्री शाहीले पर्यटन विकासका लागि पूर्वाधार निर्माण गर्न र प्राकृतिक तथा साँस्कृतिक सम्पदाको संरक्षणमा ध्यान दिन पनि निर्देशन दिएका छन् । उनले पर्यटन विकासका लागि हवाइसेवाको विस्तारमा जोड दिनेसमेत बताए ।

यस्तै मन्त्री शाहीले आफ्नो कार्यकालमा महत्वपूर्ण उपलब्धी हासिल गर्ने लक्ष्य रहेकाले साथ दिन कर्मचारीहरुसँग आग्रहसमेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment