Comments Add Comment

चुइगममा ब्राउनसुगर लुकाएर श्रीमानलाई दिन खोज्दा पक्राउ

१० भदौ, सुर्खेत । प्रहरी हिरासतमा रहेका श्रीमानलाई लागूऔषध ब्राउनसुगर लिएर जिल्ला प्रहरी कार्यालय पुगेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

Chewing-Gumचोरी आरोपमा जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका वीरेन्ऽनगर-१० का प्रेम सिंहलाई ब्राउनसुगर दिन खोज्ने २० वर्षीया कल्पना सिंहलाई प्रहरीले हिरासतबाटै पक्राउ गरेको हो ।

उनले चुइगमभित्र लुकाइएको ब्राउनसुगर श्रीमानलाई दिन खोजेका बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरिक्षक बहादुरजंग मल्लले जानकारी दिए ।

मल्लका अनुसार चुइगमभित्र लुकाइएको एक सय ७० मिलिग्राम ब्राउनसुगर बरामद छ । उनले चपाइएको चुइगमभित्र प्लाष्टिकले बेरेर ब्राउनसुगर मुखभित्र राखेर श्रीमानलाई भेट्न भन्दै हिरासत कक्षमा गएकी थिइन् ।

श्रीमानसँग भेट्नेक्रममा मुखबाट चुइगम निकालेर श्रीमानलाई दिन खोज्दा गार्डले देखेका थिए । गार्डले शंका मानेर जाँच गर्दा लागूऔषध ब्राउन सुगर फेला गरेको प्रहरीले जनाएको छ ।

हिरासतमा रहेका श्रीमानलाई ब्राउनसुगर पुर्‍याउन गएकी कल्पना अहिले आफै प्रहरी हिरासतमा छिन् ।

कल्पनाका श्रीमान प्रेम दुई हप्ताअघि स्थानीयको घुम्ती पसल चोरी गरेको आरोपमा प्रहरी हिरासतमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment