Comments Add Comment

पत्रकार महासंघले न्यूनतम पारिश्रमिकको अनुगमन गर्ने

 

१० भदौ, काठमाडौं । सरकारले हालै लागू गरेको पत्रकारको न्युनतम पारिश्रमिक सम्बन्धी व्यवस्था पूर्ण कार्यन्वयन गर्न नेपाल पत्रकार महासंघले अनुगमन गर्ने भएको छ ।

FNJ_logoकेन्द्रीय कार्यलय सञ्चारग्राममा बसेको महासंघको केन्द्रीय समितिको बैठकमा सरकारले पछिल्लो समय स्वीकृत गरी राजपत्रमा समेत प्रकाशित गरेको श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकार र मिडिया व्यवस्थापकहरूले चासो नदेखाएकाले यसको कार्यान्वयन गर्न सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराएको छ ।

महासंघको बैठकले श्रमजीवी पत्रकार ऐन र श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गराउनका लागि अभियानात्मक रुपमा अगाडि बढ्ने निर्णय गरेको छ ।

सोही अनुसार महासंघले आगामी सोमबार काठमाडौं उपत्यकाका जिल्ला शाखा, प्रतिष्ठान शाखा र एसोसिएट शाखाका पदाधिकारी, सभासद् तथा सदस्यहरूको सहभागितामा भेला गर्ने निर्णय गरेको छ ।

साथै, सूचना तथा सञ्चार मन्त्रालय, प्रेस रजिष्ट्रार कार्यालय, न्यूनतम पारिश्रमिक निर्धारण समिति र नेपाल पत्रकार महासंघसहितको सहभागितामा एक कार्यदल बनाई तत्काल अनुगमन सुरु गर्न महासंघले सरकारसँग आग्रह गरको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment