Comments Add Comment

अख्तियार प्रमुख कार्कीको नियुक्ती सम्बन्धी कागज पेश गर्न सरकारलाई सर्वोच्चको आदेश

१० भदौ, काठमाडौं । लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख नियुक्त गर्दा भएको निर्णयको सक्कल कागजपत्र पेश गर्न सर्वोच्च अदालतले सरकारलाई निर्देशन दिएको छ ।

Lokman singh karkiयसैगरी कार्की मुख्यसचिव रहँदा सामान्य प्रशासन मन्त्रालयले सोधेको स्पष्टिकरणसमेत सँगै पेश गर्न सर्वोच्चले निर्देशन दिएको छ ।

कार्की अख्तियार प्रमुखमा नियुक्त हुन योग्य नभएको दावीसहित अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा रिट दायर गरेका थिए ।

न्यायाधीशहरु दीपक कार्की, विश्वम्भर श्रेष्ठ र इश्वर खतिवडाको संयुक्त इजलाशले शुक्रबार कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गर्ने निर्णयको कागज पेश गर्न सरकारलाई आदेश दिएको सर्वोच्चका प्रवक्ता नहकुल सुवेदीले जानकारी दिए ।

तत्कालीन शाही सरकारका मुख्य सचिव कार्कीले दोस्रो जनआन्दोलन दबाउन भूमिका खेलेको आरोप लाग्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment