Comments Add Comment

प्रचारमा सधै ओझेलमा अनु, आउदिनन् कि ल्याइदैन ?

anu shah
हिजोबाट काठमाण्डौ बाहिरका हलमा रिलिज भएको चलचित्र ‘शकुन्तला’ आजबाट काठमाण्डौका हलमा लागेको छ । चलचित्रको व्यापारिक रिपोर्ट भोलीसम्म स्पष्ट रुपमा आउनेछ ।

यो चलचित्रको न त कुनै प्रेसमिट नै गरियो, न त कलाकार नै प्रचारमा हिडेको देखियो । नायक राजेश हमाललाई पहिलो पटक सारी लगाएर चलचित्र निर्माण गरिएको थियो । तर, चलचित्र चल्ने बेलामा नै नायक हमाल नेपालमा बसेनन् । उनी अहिले अमेरिकामा छन्, जसकाकारण हमाल प्रचारमा सहभागी हुन सकेनन् ।

हमाल मात्र होइन, चलचित्र प्रचारका लागि यसका अन्य कलाकार पनि अगाडि देखिएनन् । नायक किशोर खतिवडा, नायिका अनु शाह नेपालमै थिए । किशोर केही मिडियामा दौडिएको देखिएपनि अनु चुप बसिन् ।

चलचित्र ‘भैरव’ रिलिज हुनुभन्दा अगाडि पनि अनुलाई यसका नायक निखिल उप्रेतीले ओझेलमा राखिदिए । अनु अभिनित अन्य चलचित्रको त झन् कुरै नगरौ ।
अब एउटा प्रश्न उठेको छ । अनु प्रचारमा नै हिड्दिनन् कि उनलाई प्रचारमा हिडाउन उपयुक्त ठानिदैन । हुनत, अनुलाई चलचित्रमा भन्दा पनि म्यूजिक भिडियोमा बढी रहर भएको चलचित्रकर्मी बताउँछन् । सायद, यसैले पनि होला अनु चलचित्रमा काम गरेपछि गुपचुप जस्तै हुन्छिन् ।

अनुपछि आएका थुप्रै नायिकाले चर्चाको बाटो समाएपनि उनी ओझेलमा पर्न थालेकी छिन् । सायद, अनुलाई चलचित्रको रहर विस्तारै कम हुँदै गएको हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment