Comments Add Comment

व्यवसायीमाथि प्रहरी कार्यालयभित्रै निर्घात कुटपिट

११ भदौ, काठमाडौं । इलाका प्रहरी कार्यालय इटहरीमा बुधबार मात्रै सरुवा भएर आएका प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेशराज सुवेदीले प्रहरी कार्यालयलाई यातनारहित बनाउने प्रतिबद्धता जनाएका थिए ।

Nepal-Police-Logoतर, उनको प्रतिबद्धता २४ घन्टा पनि टिकेन । प्रतिबद्धता जनाएको २४ घन्टा पनि नबित्दै स्थानीय एक आर्ट (पेन्टर) व्यवसायीलाई प्रहरीले कार्यालयभित्रै लगेर कुटपिट गरेको छ ।

स्थानीय संगीत चोकमा रहेको न्यु रेम्बो आट्र्स एन्ड नाइलन स्ट्याम्पका कर्मचारी मनोज पञ्जियारलाई प्रहरीले शुक्रबार दिउँसो ३ बजे कार्यालयभित्रै लगेर कुटेका हुन् । उनको देब्रे गाला सुन्निएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रहरी कार्यालय इटहरीले नयाँ डिएसपीको नेमप्लेट, वालपेन्ट बनाउन न्यु रेम्बो आट्र्सका सञ्चालक शिवकुमार कटुवाललाई जिम्मा दिएको थियो । सोहीअनुसार पञ्जियारले डिएसपी सुवेदीको कार्यकक्षको टेबलमा राख्ने नेमप्लेट, वालपेन्टमा नाम लेखेका थिए ।

त्यसैगरी कार्यालयमा राखिएको डिएपीको नाम भएको बोर्डमा पनि उनले सुवेदी हाजिर भएदेखिको मिति राखेर नाम लेखेका थिए । नेमप्लेट, वालपेन्ट र बोर्डमा नाम लेखेबापत पञ्जियारले ६ सय रुपैयाँको बिल बनाएर इलाका प्रहरी कार्यालय इटहरीको लेखाशाखामा दिएका थिए ।

तर, लेखाशाखामा कार्यरत प्रहरी नायब निरीक्षक रामचन्ऽ पोखरेलले बिल हेर्नसाथ ‘यति जाबो लेखेको पनि ६ सय’ भन्दै पैसा नदिने बताए । पञ्जियारलाई पनि कार्यालयबाट बाहिर जान आदेश दिए ।

पञ्जियारले मिहिनेतको पैसा दिन आग्रह गरे । पञयिारले भने, ‘पोखरेलले तैँले लेखेको सबै मेट भने धम्क्याए । मेटेको पनि पैसा लाग्छ सर, भन्दा पोखरेलसहित तीनजना प्रहरीले कार्यालयभित्र अनुहार, टाउको र ढाडमा मुक्का र लात्ती बर्साए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment