Comments Add Comment

गजल : प्रेमको पासो कसेको आज धेरै भो

कसैको यादमा तड्पी बसेको आज धेरै भो

नुनिला मोतीका दाना खसेको आज धेरै भो ।

Dhanraj Giri (1)

पिलायौ प्रितको प्याला मिलायौ नौनीमा आगो,

दिलैमा प्रेमको जादु पसेको आज धेरै भो ।

 

बनायौ नाग त्यो चुल्ठो डरायौ जिन्दगी मेरो,

सताई निदमा आई डसेको आज धेरै भो ।

 

फकायौ जालमा पार्‍यौ, डुलायौ स्वप्न लोकैमा,

छुपाई छातीमा छुरी धसेको आज धेरै भो ।

 

म कसको आसमा बाँचूँ कि डुबूँ कालीमा आजै,

गलामा प्रेमको पासो कसेको आज धेरै भो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment