Comments Add Comment

सुन्दरीहरुले क्याटवाक गरेर साँझ तताउने

fashionकाठमाडौं । डेढ दर्जन व्यवसायिक मोडलको सहभागितामा ‘डि समर काउचर सिजन–३’ हुने भएको छ । १७ भदौ शुक्रवार साँझ त्रिपुरेश्वरस्थित मुड लाउञ्जमा हुने कार्यक्रम अमिर कला केन्द्रले आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा सहभागी सुन्दरीले र्‍याम्पमका क्याटवाक गरेर साँझको माहोललाई रंगीन बनाउने भएका छन् ।

सिनेम्याक्सको व्यवस्थापन तथा अवधारणमा सम्पन्न हुने यो फेशन शोमा इकोनिक फेसन हाउस, हाउस बुटिक, लाफ डिजाइन स्टुडियो तथा डेजल कलेक्सनका पहिरनहरु प्रदर्शन गरिनेछ ।

आठ वटा सिक्वेन्समा विभाजन गरिएको फेसन शोमा सारी, कुर्ता, अनारकली, इभिनिङ गाउन, सर्ट्स, क्याजुअल तथा क्लब वेयर प्रदर्शन गरिने आयोजक संस्थाले जनाएको छ । फेसन शोको क्रममा बि–बोइङ, साल्सा, जुम्बासहित लोकदोहोरी समेत प्रस्तुत गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment