Comments Add Comment

एसीमा बस्न रुचाउने भगवान, जसले गर्मी हुँदा पसिना काढ्छन्

templeमानिसलाई मात्र होइन शितलमा बस्न भगवानलाई पनि मन पर्दो रहेछ ।

भारतको मध्य प्रदेशस्थित जवलपूर सहरमा देवी कालीको सयौँ वर्ष पूरानो मन्दिर छ । मन्दिर ऐतिहासिक तथा चमत्कारी पनि मानिन्छ । त्यहाँ मानिसकै आँखा अगाडि यस्तो घटना भैरहन्छ, जुन पत्यार नै नलाग्ने जस्तो छ ।

झण्डै ६ सय वर्ष पहिल गोडवाना साम्राज्यका पालमा स्थापित काली माताको मूर्ति रहेको उक्त मन्दिर विशेष छ । मन्दिरमा रहेकी काली माता चिसो एसीमा बस्न मन पराउँछिन् । जब एसी बन्द भएर गर्मी हुन्छ माताको मूर्तिबाट पसिना आउन थाल्दछ ।

मातालाई गर्मी भएर पसिना नआओस् भनेर मन्दिर भित्र एसी जडान गरिएको छ । कहिलेकाहीँ प्राविधिक गडबडी तथा विजुली जाँदाखेरी जब एसी बन्द हुन्छ तब देवीको मूर्तिबाट पसिना तरतरी बगेको देख्न सकिन्छ ।

यसरी मन्दिरभित्रको मूर्तिबाट पसिना निस्कनुको कारणबारे अनेकन खोज अनुसन्धान नभएका होइनन् । तर अहिलेसम्म कारण पत्ता लागेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment