Comments Add Comment

यो हो दुनियाकै सुरक्षित स्मार्टफोन

solorin smart phoneअत्याधुनिक प्रविधिको विकाससँगै आधुनिक स्मार्टफोनहरु बढि भन्दा बढि सुरक्षित बन्दै गएका छन् ।

मोबाइल फोन उत्पादक कम्पनीहरुले स्मार्टफोन निर्माण तथा बिक्रिकै समयमा विभिन्न हार्डवेयर तथा सफ्टवेयरमा आधारित सुरक्षा फिचर्सहरु स्मार्टफोनमा प्रयोग गर्दछन् ।

फिंगरप्रिन्ट सेन्सर, आँखाको नानीले नियन्त्रण गर्ने स्क्यानर प्रणालीजस्ता फिचर्स स्मार्टफोनमा हुने गरेका छन् । अधिकांस उपभोक्ताका लागि यति फिचरहरु पर्याप्त हुन्छन् तर कतिपय उपभोक्ता यस्ता पनि हुन्छन् जसले आफ्नो डाटा सुरक्षाका लागि निकै बढी चिन्ता गर्दछन् ।

यस्ता ग्राहकको लागि आफ्नो गोपनीयता तथा सुरक्षाको लागि सबैभन्दा उत्कृष्ट भन्दा कुनैपनि चिजमा सम्झौता गर्दैनन् ।

यस्ता ग्राहकहरुमध्ये अधिकांस सर्वसाधारण उपभोक्ता होइनन् विशेष पेशा तथा काममा संलग्न व्यवसाियक व्यक्तिहरु हृुन्छन् । उनीहरुलाई आफ्नो सूचना तथडाटाहरु एकदम गोप्य तथा सुरक्षित राख्नु जरुरी हुन्छ ।

विश्वमा एक से एक सुरक्षित स्मार्टफोनहरु आएका छन् । यसमा इजरायली कम्पनीले उत्पादन गरेको सोलरिन सबैभन्दा सुरक्षित स्मार्टफोन भनिन्छ ।

इजरायलको सिरिन ल्याब कम्पनीले विश्वमा अहिलेसम्म उपलब्ध मध्येको सबैभन्दा विकसित सुरक्षा प्रणाली प्रयोग गरी यो स्मार्टफोन तयार गरेको बताइएको छ । यो प्रविधि आफुले भन्दा अहिलेसम्म अरु कोहीपनि स्मार्टफोन कम्पनीले प्रयोग नगरेको दाबी सिरिन ल्याब्सको छ ।

यो स्मार्टफोनमा २५६ बिट एइएस एन्त्रिmप्सन सुरक्षा प्रणाली रहेको छ । सेना तथा सुरक्षा एजेन्सीहरुले यो प्रविधिद्धारा आफ्नो संवादलाई सुरक्षित राख्न सक्छन् । सोलरिनको पछाडिपट्टी रहेको एक फिजिकल सेक्योरिटी स्विचको मद्धतले यो सक्रिय हुन्छ ।

यो स्मार्टफोनमा ५.५ इन्च आइपिएस एलसीडी डिस्प्ले रहेको छ । यसको पिक्सेल रिजोलुसन १४४० गुणा २५६० रहेको छ । यसमा क्वालकोम स्नापड्रागन ८१० प्रोसेसरका साथै २३.८ मेगापिक्सेलको मुख्य क्यामरा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment