Comments Add Comment

रोनाल्डो विश्वकप छनौट टोलीमा परेनन्

Ronaldo

११ भदौ, काठमाडौं । पोर्चुगलका कप्तान एवं स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो विश्वकप छनौट टोलीमा परेनन् ।

पोर्चुगललाई युरोकप जितेएका रियल मड्रिडका ३१ वर्षे स्ट्राइकर घुँडामा लागेको चोटका कारण टिममा नपरेका हुन् । युरोकपको फाइनलमा उनको घुँडामा चोट लागेको थियो ।

पोर्चुगलले सेप्टेम्बर १ मा जिब्राल्टरसँग मैत्रिपूर्ण खेल्दैछ । लगतै स्विट्जरल्याण्डसँग छनौट खेल्नेछ ।

युरोकपको फाइनलमा विजयी गोल गरेका इडर भने पोर्चुगलको टोलीमा पर्न सफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment