Comments Add Comment

चर्न थाल्यो गोली लागेर घाइतेे भएको गैंडा

ghaite-gaida-rhino2
११ भदौ, चितवन । ६ वटा गोली लागि गम्भिर घाइते बनेको दुर्लभ एकसिंगे गैंडाको अबस्था सुधारोन्मुख देखिएको छ । भदौ ५ गतेका दिन रौतहटको जंगलमा तस्करले हानेको ६ वटा गोली लागेर गम्भिर घाइते बनेको गैंडाको अवस्था सुधारोन्मुख रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

यसलाई निकुञ्जले यही ५ गते उद्धार गरी सौराहा नजिकै जनकौली वनमा ल्याएको थियो । करिब १५ बर्षको भाले गैंडाले झण्डै ५ दिन लगाएर गरिएको उपचारपछि चरण गर्न सुरु गरेको निकुञ्जका सहायक संरक्षण अधिकृत अभियन पाठकले जानकारी दिए ।

‘६ वटा गोलीमध्ये धेरै गोली टाउकोमा भएकाले गैंडालाई समस्या थियो,’ उनले भने, ‘तर अहिले विस्तारै घाँस खान थाल्दा निकै हषिर्त छौं ।’

ghaite-gaida-rhino

गैंडाको निधार, गाला, तथा कन्चट आसपासमा पाँच गोली लागेको र ढाडमा एउटा गोली लागेको निकुञ्जले जनाएको छ । उपचारपछि गैंडाले चरण क्षेत्रमा घुमिफिरलाई पनि पठाएको उनले बताए ।

यसअघि गैंडालाई निकुञ्जका कर्मचारी र सेनाले बन्दा, स्याउ, पानी र अन्य तरकारीजन्य वस्तु मुख उघारेर खुवाउँदै आएका थिए ।

सौराहामा घाईते गैंडाको निकुञ्जका डा. कमल गैरेसहितको प्राविधिक टोली र नेपाली सेनाको श्रीजगं गणका सेनाहरुले गैडाको उपचार साथै रेखदेख गर्दै आएको छन् ।

ghaite-injured-gaida
टेन्ट टाँगेर २४ नै  घण्टा गैंडाको निगरानीमा टोली खटिएको श्रीजंग गणका गणपति माधव थापाले बताए । रौतहटको चन्द्रपुर नगरपालिका २ गैंडाटारमा तस्करबाट हानेको गोली लागेर गम्भिर घाइते भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment