Comments Add Comment

काठमाडौंमा आइसीटी सम्मेलन

women_technology_computer
११ भदौ, काठमाडौं । सूचना प्रविधिका विद्यार्थीहरुले अन्र्तराष्ट्रियस्तरको सम्मेलनमा आफैं कार्यपत्र प्रस्तुत गर्ने अवसर पाएका छन् ।

सूचना प्रविधि सम्बद्ध विभिन्न संस्थाको आयोजनामा शनिबार काठमाडौंमा भएको सूचना प्रविधि सम्बन्धी तेस्रो अन्र्तराष्ट्रिय सम्मेलनमा विद्यार्थीहरुले कार्यपत्र प्रस्तुत गर्ने अवसर पाएका हुन् ।

सम्मेलनमा ४० वटा कार्यपत्र प्रस्तुत गरिएकामा अधिकांश कार्यपत्र विद्यार्थीले प्रस्तुत गरेका थिए । सूचना प्रविधिको क्षेत्रका विद्यार्थीहरुमा नेतृत्व क्षमता विकास गर्ने प्रयासस्वरुप विद्यार्थीहरुलाई उनीहरुले आर्जन गरेको ज्ञानमा आधारित भएर कार्यपत्र प्रस्तुत गर्ने मौका दिइएको आयोजकले जनाएका छन् ।

सम्मेलनमा सार्क मुलुकका अलावा जापान र डेनमार्कका विद्यार्थी तथा विशेषज्ञ सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment