Comments Add Comment

सूर्यकुमार स्मृति अक्षय कोष स्थापना

Pradeep

१२ भदौ, काठमाडौं । नेपाल प्रेस युनियनका केन्द्रीय सचिव स्वर्गीय सूर्यकुमार क्षेत्रीको स्मृतिमा अक्षय कोष स्थापना भएको छ ।

नेपाल प्रेस युनियन काठमाडौं शाखाले स्वर्गीय क्षेत्रीका छोराको शिक्षादिक्षामा सहयोग गर्न कोष खडा गरेको हो । कोषमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल र उनकी श्रीमती नेविसंघ नेतृ एन्जिला न्योैपानेले संयुक्त रुपमा एक लाख रुपैयाँ सहयोग गरेका छ ।

शनिबार प्रेस युनियनमा आयोजित कार्यक्रममा पौडेल दम्पतिले स्वर्गीय क्षेत्रीकी पत्नी र छोराको उपस्थितिमा युनियनको काठमाडौं शाखाका अध्यक्ष नकुल अर्यालमार्फत १ लाख रुपैयाँ अक्षय कोषका लागि हस्तान्तरण गरे । पौडेल दम्पत्तिले गत बैशाखमा आफ्नो विवाहको खर्च कटाएर अक्षय कोष स्थापना गर्न सहयोग गर्ने जनाएका थिए ।

रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले २५ हजार, ट्रेड युनियन कांग्रेस नुवाकोटका अध्यक्ष शिव देवकोटाले ११ हजार १ सय ११, नेविसंघ केन्द्रीय उपाध्यक्ष डिल्लीराम सुवेदी, केन्द्रीय सदस्य सुशील भट्ट तथा नेविसंघ नेता हरि आचार्यले जनही ५-५ हजार रुपैयाँ कोषमा सहयोग गर्ने घोषणा गरे । नेविसघं नेताहरु पुष्प बस्नेत र दिपेन क्षेत्री तथा पत्रकार इजहार मिकरानीले १-१ हजार अक्षय कोषका लागि उपलब्ध गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment