Comments Add Comment

श्रीलंकामा मृत्युदण्ड पाएका नेपालीबारे सरकार अनभिज्ञ

srilanka flag१२ भदौ, काठमाडौं । लागूपदार्थ कारोबार अभियोगमा वर्षैंदेखि श्रीलंकामा जेल सजाय भोगिरहेका दुई नेपालीको अवस्थाबारे सरकार अनभिज्ञ देखिएको छ ।

पाटन ललितपुरका चेतबहादुर थापा र धादिङ सत्यदेवी गाविसका सुकबहादुर तमाङ श्रीलंकामा अहिले जेल जीवन व्यतित गरिरहका छन् ।

श्रीलंकाली लागूऔषध व्यरोले ७९.८४ ग्राम शुद्ध हेरोइन बोकिरहेको अवस्थामा ६३ वर्षीय थापालाई सन् २००९ मा पक्राउ परेका थिए ।

त्यसलगत्तै उनीविरुद्ध त्यहाँको प्रहरीले केन्डीस्थित उच्च न्यायालायमा मुद्दा चलाएको आजको अन्नपूर्णमा समाचार छ ।

थापालाई उक्त अदालतले सन् २०१५ मार्च महिनामा मृत्युदण्डको फैसला सुनाएको थियो ।

मृत्युदण्डको फैसलापछि थापाले कोलम्बोस्थित पुनराबेदन अदालतमा फैसला पुनराबलोकनको लागि गरेको अनुरोधबारे अदालतले अन्तिम धारणा सार्वजनिक भने गरेको छैन ।

त्यस्तै तामाङले पनि आजीवन जेल सजाय पाएका छन् । परराष्ट्रमन्त्रालयका प्रवत्ता भरतराज पौडेलले लामोसमय देखि श्रीलंकामा राजदूत नभएका कारण समस्या भएको बताउँदै राजदूत नियुक्तिसँग उनीहरुको जीवन रक्षाको लागि ठोस पहल गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment