Comments Add Comment

पूर्वमन्त्री गोरेबहादुर खपाङ्गीको निधन

१२ भदौ, काठमाडौं । पूर्वमन्त्री एवं जनजाति अगुवा गोरेबहादुर खपाङ्गीको निधन भएको छ । खपाङ्गीको उपचारको क्रममा राजधानीको न्यूरो अस्पतालमा निधन भएको हो ।

goraebahadur khapanngiपिसावमा समस्या देखिएपछि खपाङ्गीलाई शनिबार अस्पताल लगिएको थियो । अस्पतालबाट उपचार गरी निवास ललितपुर नख्खुदोबाटो लगिएपनि समस्या आएपछि शनिबार पुन: अस्पताल भर्ना गरिएको थियो ।

उपचारकै क्रममा खपाङ्गीको गएराति १० बजेर २२ मिनेटमा निधन भएको गोरेबहादुर फाउन्डेसनका भावेश भूमरीले जनाए ।

लामो समय विरामी परेका खपागीलाई विदेशमा उपचार सम्भव नभएपछि घरमै भेन्टीलेटरमा राखेर उपचार गरिदै आएको थियो ।

खपाङ्गी तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनको समयमा २०५९ साल भदौ २२ गते ८ महिनासम्म महिला तथा बालबालिका मन्त्री बनेका थिए ।

नेकपा मालेबाट राजनीतिमा प्रवेश गरेका  खपाङ्गी पार्टी परित्याग गरी राष्ट्रिय जनमुक्ति पार्टीका सँस्थापक महासचिब हुँदै हाल लिवरल डोमेक्रयाटिक पार्टीको अध्यक्ष थिए ।

यसैबीच प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खपाङ्गीको निधनले स्तव्ध बनाएको जनाएका छन् । प्रधानमन्त्री प्रचण्डले खपाङ्गीप्रति श्रद्धाञ्जली एवं शोकाकूल परिवार र शुभेच्छुकमा समवेदना व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment