Comments Add Comment

संविधान संशोधन आन्तरिक मामिलाः उपेन्द्र

upendra yadav१२ भदौ, महोत्तरी । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनको विषय नेपालीको नितान्त आन्तरिक मामिला भएको बताएका छन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले महोत्तरीको बर्दिवासमा आयोजना गरेको अन्तक्रियामा अध्यक्ष यादवले संविधान संशोधन, पुनर्लेखन वा यस विषयसँग सम्बन्धित कुरा नेपाली आफैँले सल्ट्याउने स्पष्ट पारे ।

मुलुकमा गतवर्ष जारी भएको संविधानबारे साझा धारणा बनाउन र त्यसमा रहेका कमी कमजोरी नेपालीले नै समाधान गर्नुपर्छ भन्ने मान्यताअनुरुप गठबन्धन आन्दोलनमा रहेको यादवको भनाइ थियो ।

सङ्घीय गठबन्धनका संयोजकसमेत रहेका अध्यक्ष यादवले आफूहरुको आन्दोलन सबैखाले विभेदको अन्त्यका लागि देशभक्तिपूर्ण आन्दोलन रहेको दाबीसमेत गरे ।

मुलुकमा अहिलेसम्मका सातवटै संविधानका व्यवस्था र अभ्यासले देशका सबै जातजाति, भाषाभाषी, धर्म सम्प्रदाय, रीतिथिति र संस्कृति परम्परालाई यो मेरो संविधान हो भन्ने अनभूति दिन नसक्दा असन्तुष्टि बढेको यादवको ठम्याइ छ ।

अब नेपाली काँग्रेस–माओवादी केन्द्र गठबन्धनसँग सङ्घीय गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको तीनबुँदे सहमतिअनुसार सरकारले तत्काल सिमाङ्कन मुद्दा समाधान गरिने गरी संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्न आवश्यक रहेको यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment