Comments Add Comment

विद्यार्थीहरुले किन निकाले सेक्स टोय जुलुस ?

sex toyअमेरिकाको टेक्सास विश्वविद्यालयका करीब ४५ सय विद्यार्थीहरुले क्याम्पसमा बन्दुक लिएर आउन इजाजत दिने नयाँ सरकारी कानूनको विरोधमा अभियान छेडेका छन् ।

अगष्ट १ देखि बन्दुक राख्न पाउने कानून लागू भएको छ । जस अनुसार बन्दुक राख्ने लाइसेन्स भएको विद्यार्थीले उक्त बन्दुक विश्वविद्यालयमा समेत लिएर आउन पाउँदछ ।

विद्यार्थीलाई बन्दुक लिएर कलेज आउन दिने कानूनको विरोध गर्न विद्यार्थीहरुले अनौठो शैली अपनाएका छन् । उनीहरुले बन्दुकको विरुद्धमा सेक्स टोयको जुलुस निकालेका छन् ।

क्याम्पसमा सेक्स टोय बोक्न निषेध गरिनु तर बन्दुक बोक्न अनुमति दिनु निकै अमिल्दो कानून रहेको अभियानकर्ताको भनाई छ ।

एक तथ्यांक अनुसार सन् २०१५ मा अमेरिकाका विभिन्न स्कुल तथा विश्वविद्यालयमा भएका गोलाबारीका ६४ वटा घटनामा कम्तिमा १९० जनाको ज्यान गएको थियो ।

कक्स नट ग्लक्स नामक अभियानकी अभियानकर्मी जेसिकाले र्यालीका क्रममा भनिन्ः हामी चाहन्छौँ की मानिसहरु अडिएर सोँचुन् । आखिर कुनैपनि हिंसा नगर्ने सेक्स टोय आफ्नो साथमा राखेर कलेजमा ल्याउनु गलत हो भने बन्दु राख्न पाउने चलन कसरी सही हुनसक्छ ?

अभियानकर्मी ४५ सय विद्यार्थीहरुले बन्दुक कानूनको विरोधमा क्याम्पसमा सेक्स टोय बोकेर आउन थालेका छन् र यो अभियान निकै लोकपि्रय बनिरहेको छ । विद्यार्थीहरुले यस्तो विरोध शैलीले सरकारलाई कानून संसोधन गर्न दबाब सिर्जना हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment