Comments Add Comment

संसारको सबैभन्दा गरीव मुलुकमा एनआरएन स्थापना

arjun-2

वाशिंगटन डिसी । संसारको सबैभन्दा गरीव मुलुक मलवीमा गैरआवासीय नेपाली संघ एनआरएन गठन भएको छ ।

रक्तदान सम्बन्धी चेतना फैलाउन विश्व भ्रमणमा रहेका अर्जुन प्रसाद मैनालीसहितको टोलीले अफ्रिकी मुलुक मालवीमा पुगेर त्यहाँ रहेका करीव ४० जना नेपालीहरुलाई संगठित गरी एनआरएनए गठन गरेको छ ।

आफुले रक्तदानको साथै मालवीमा रहेका नेपालीहरुबारे खोज खबर गरी भेटघाट गरेको कुरा सुनाउदै करिब ४० जना नेपालीहरु रहेको प्रारम्भिक अनुमान गरिएको उनले जानकारी दिए । ‘त्यहा नेपालीले ३ व्यवसाय र अन्य नोकरी गरिरहेका रहेछन्, हामीले गत अगष्ट २० मा एनआरएन गठन गरेर फर्कियौं,’ मैनालीले भने, ‘संस्था गठन भएपछि मैले सहयोग स्वरुप स्थानीय रकम १८ हजार सहयोगसमेत गरेँ ।

नवगठित मलावी एनआरएनए संस्थाका पदाधिकारिहरुमा अध्यक्षमा दिपक पोखरेल, उपाध्यक्षमा डम्बर थापा तथा सचिबमा सबिन थापा रहेका छन् । त्यस्तै कोषाध्यक्षमा अनिल खत्री तथा सदस्यहरुमा कुमार बस्नेत, पदम शर्मा तथा राजन बस्नेत रहेका छन् ।

नेपालको काभ्रे घर भइ हाल न्युयोर्कमा बस्दै आएका अर्जुन प्रसाद मैनालीले केवल नेपाली समुदायमा रक्तदान सम्बन्धी चेतना फैलाउन विश्वको भ्रमण गरिरहेका छन् ।

arjun-1

उनले पशुपतिको जात्रा सिद्राको व्यापार भनेझैँ रगत दान जीवन दान भन्ने मूल नारालाई साकार पार्न निजी खर्चमा त्यहाँ पुगेर गैरआवासीय नेपाली संघको स्थापना गर्न मद्धत पनि गरे ।

त्यहाको रक्तसंचार सेवा केन्द्रमा उपस्थित व्यक्तिहरुलाई रगत दान बारे अनुभब सुनाउँदै सम्भावित रक्तदाताहरुलाई उत्प्रेरित गरेको उनले बताए । १५६ औं रगत दान गर्दै मैनालीले रक्तदान उत्प्रेरणा कार्यको लागि एक हजार डलर सहयोग गरेको बताए ।

त्यहाँ करीव १० लाख जनालाई एचआइभी, औलो, टाइफाइड, प्लेग आदि रोग लागेको तथ्यांक छ । त्यस्तै १ लाखमा ८ सय ७ सुत्केरी तथा गर्भवती महिलाहरुले जीवन गुमाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment