Comments Add Comment

भोजपुरी फिल्म ‘मजाक’मा निखिल, नेपालीमा पनि कम छैन व्यस्तता

nikhil upreti in king
नायक विराज भट्ट चलचित्र ‘जय परशुराम’बाट नेपाली चलचित्रमा फर्किए । करिब ५ बर्षपछि उनी भोजपुरी चलचित्रको यात्राबाट नेपाली चलचित्रमा पनि सहयात्रा खोज्दै फर्किएका थिए ।

विराज नेपाली चलचित्रमा काम गरिरहँदा नायक निखिल उप्रेती भने भोजपुरी चलचित्रमा पनि व्यस्त देखिएका छन् । यतिबेला निखिललाई स्टारडम मेन्टेन भन्दा पनि अफर आएका सबै चलचित्र खेल्दै पैसा कमाउने बाटोमा लागेको आरोप लाग्न थालेको छ । भलै, यो कुराले उनलाई खासै असर गरेको छैन ।

उनै निखिलले अभिनय गरेको भोजपुरी चलचित्र ‘मजाक’को फस्टलुक रिलिज गरिएको छ । काठमाण्डौमा आयोजित कार्यक्रममा यसको फस्टलुक रिलिज गर्दै चलचित्रको बारेमा जानकारी दिइएको हो । नायक निखिल उप्रेती ७ बर्षपछि भोजपुरी चलचित्रमा देखिएका हुन् । नेपालको सिरहा, बन्दिपुर, धनुषा, इलाम लगायतका स्थानमा छायांकन गरिएको यो चलचित्रमा निखिलका अलवा समिता, किसोर यादव लगायतको अभिनय छ । चलचित्रलाई मिथिलेस निसाधले निर्देशन गरेका हुन् । चलचित्रमा हिमाल केसीको एक्सन छ । निर्देशकले निखिललाई एक्सन अवतारमा देखाइएको प्रष्ट पारे ।

निखिलको यो बर्षमात्र ४ वटा नेपाली चलचित्र रिलिजको सेड्यूलमा छन् । उनलाई निर्माता सुशिल पोख्रेलले ‘राधे’ चलचित्रका लागि कुरेको पनि लामै समय भैसकेको छ । चलचित्र ‘संरक्षण, किङ, निर्भय हुँदै निखिल ‘राधे’को छायांकनमा अर्को सातादेखि आवद्ध हुनेछन् । यसरी, हेर्दा निखिलको व्यस्तता बढेको छ । तर, यो व्यस्तता उनकै करिअरका लागि घातक हुनसक्ने टिप्पणी गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment