Comments Add Comment

१५ कम्पनीले गरे लाभांसको घोषणा, कतिको कति ?

१२ भदौ, काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट १५ वटा कम्पनीहरुले लाभांसको घोषणा गरेका छन् । तर, अहिलेसम्म एउटामात्रै दुई वटा मात्रै वाणिज्य बैंकले लाभांसको घोषणा गरेका छन् ।

bonus-shareसबैभन्दा पहिलोपटक पोखरामा मुख्य कार्यालय रहेको पोखरा फाइनान्सले गत वर्षको नाफाबाट लाभांसको घोषणा गरेको हो । फाइनान्सले १३.५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांसको घोषणा गरिसकेको छ ।

वाणिज्य बैंकहरुमध्ये सबैभन्दा पहिलोपटक नेपाल इन्भेष्टमेन्ट बैंकले लाभांसको घोषणा गरेको छ । बैंकले २० प्रतिशत बोनस सेयर र २१ प्रतिशत नगद लाभांस गरी कूल ४१ प्रतिशत लाभांस घोषणा गरेको हो । गत वर्ष बैंकले २ अर्ब ५५ करोड ८ लाख रुपैयाँ नफा कमाएको थियो ।

यो घोषणासँगै बैंकको चुक्ता पुँजी ८ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । निजी क्षेत्रद्धारा प्रवर्द्धिर्त वाणिज्यबैंकहरुमध्ये सबैभन्दा पहिलोपट ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याएको छ । राष्ट्र बैंकले २०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको थियो । इन्भेष्टमेन्ट बैंक सो व्यवस्थापछि पहिलोपटक राष्ट्र बैंकले तोकेको पुँजी पुर्‍याउने बैंक बन्न सफल भएको छ ।

गत वर्षको नाफाबाटाणा भएमध्ये सबैभन्दा बढी लाभांसको घोषणा गरेको छ बहुराष्ट्रिय कम्पनी युनिलिभरले । यो कम्पनी नेपालमा सबैभन्दा बढी लाभांस दिने कम्पनी हो । कम्पनीले गत आवको नाफाबाट लगानीकर्तालाई १ हजार २० प्रतिशत नगद लाभांसको घोषणा गरेको छ ।

त्यस्तै, एनआइसी एसिया बैंकले २६ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि १.३७ प्रतिशत गरी जम्मा २७.३७ प्रतिशत लाभांस दिने भएको छ । गत वर्ष बैंकले १ अर्ब ७ करोड रुपैयाँ नाफा कमाएको थियो ।

त्यसैगरी, बैंकले बैंकले चुक्ता पुँज्ीको १५ प्रतिशत हकप्रद सेयर दिने निर्णयसमेत गरेको छ । हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ५६ करोड रुपैयाँ छ । बोनस सेयर र हकप्रद सेयर वितरणपश्चात चुक्ता पुँजी ६ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ ।

त्यसैगरी, स्वरोजगार लघुवित्त विकास बैंकले ३०.४ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि १.६ प्रतिशत नगद लाभांसको गरी जम्मा ३२ प्रतिशत लाभांस घोषणा गरेको छ ।

त्यस्तै, फस्र्ट माइक्रोफाइनान्सले १५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांस घोषणा गरेको छ । भने एभरेष्ट फाइनान्सले १४.५ प्रतिशत बोनस सेयर मात्रै घोषणा गरेको छ ।

त्यसैगरी, युनिक फाइनान्सले १६ प्रतिशत बोनस सेयरमात्रै घोषणा गरेको छ भने वाग्मती डेभलपमेन्ट बैंकले १४ प्रतिशत बोनस सेयर र ०.७४ प्रतिशत नगद लाभांस घोषणा गरेको छ ।

त्यसैगरी, श्री इन्भेष्टमेन्ट फाइनान्सले १०.५ प्रतिशत बोनस सेयर र ०.५५ प्रतिशत नगद लाभांस गरि जम्मा ११.०५ प्रतिशत लाभांसको घोषणा गरेको छ । त्यस्तै, अरुणभ्याली हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद लाभांसको घोषणा गरेको छ ।

एनआइबीएल सम्मिृद्ध फण्डले १५ प्रतिशत नगद लाभांसमात्रै घोषणा गरेको छ । रिडि हाइड्रोवे ६.३१ प्रतिशत बोनस सेयर घोषणा गरेको छ ।

कन्ट्री डेभलपमेन्ट बैंकले ७.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशन नगद लाभांसको घोषणा गरेको छ भने आइसीएफसी फाइनान्सले १७ प्रतिशत बोनस सेयर र ०.८९ प्रतिशत नगद लाभांसको घोषणा गरेको छ ।

कम्पनीहरुले घोषणा गरेको लाभांस नियामक निकाय र सम्बन्धित संस्थाकै आगामी साधारणसभाले पारित गरेपछि मात्रै वितरण हुनेछ । नेपाल स्टक एक्सचेञ्जमा २ सयभन्दा बढी कम्पनीहरु सूचिकृत छन् । सूचिकृत कम्पनीहरुले गत वर्ष कमाएको नाफाबाट अब धमाधम लाभांसको घोषणा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment