Comments Add Comment

पर्दा बाहिर स्टार हमाल, ‘शकुन्तला’ले पर्दामा देखायो कस्तो क्रेज ?

darsak in hall
नेपाली चलचित्र क्षेत्रमा नायक राजेश हमालको क्रेज सबैभन्दा माथि छ । देशको उच्च तहदेखि दर्शकको नजरमा हमाल सर्वाधिक रुचाइएका पात्र हुन् । हमालपछि यस्तो क्रेज बनाउने कलाकार यो क्षेत्रमा आजसम्म देखिएका छैनन् । कुनै बेला नायक राजेश हमालको क्रेज पर्दा भित्र पनि उस्तै थियो । हमालको टाउको मात्र राखेर धेरै निर्माताले पैसा कमाए । टाउको मात्र देखाएर हमालले पनि राम्रै आम्दानी गरे ।

तर, समय बदलिएको छ । हमालको अनुहार अहिले पर्दा बाहिर उस्तै विक्छ, तर पर्दा भित्र यसको ग्राफ धेरै तल झरेको छ । शुक्रबार रिलिज भएको चलचित्र ‘शकुन्तला’ बाहेक हमालको हातमा न त कुनै चलचित्र छ, न त उनलाई लिन निर्माता नै अग्रसर भएका छन् । हमाल अहिले अमेरिकामा छन् ।

चलचित्र ‘शकुन्तला’ अहिले देशभर रिलिज भैरहेको छ । बिहिबारबाट काठमाण्डौ बाहिर रिलिज भएको यो चलचित्र शुक्रबारबाट भने काठमाण्डौमा रिलिज भयो । नायक राजेश हमाललाई पहिलो पटक सारी लगाएर निर्देशक दीनेश श्रेष्ठले पर्दामा उतारेका थिए ।

शनिबार काठमाण्डौका गोपी, अष्टनारायण हलमा यो चलचित्र हेर्ने दर्शकको संख्या राम्रो देखिएको थियो । हमाल नेपालमा नहुँदा हलमा पुगेका चलचित्रका नायक किशोर खतिवडाले दर्शकको साथ पाए । शनिबार हलमा दर्शकको उपस्थिती राम्रै हुने गरेको पाइन्छ । यसैले, आजबाट चलचित्रको व्यापारले हमाल क्रेजलाई प्रष्ट्याउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment