Comments Add Comment

अन्तिम बलमा धोनी आउट, रोमाञ्चक खेलमा वेष्टइण्डिज एक रनले विजयी

Darren Bravo of the West Indies celebrates the win during the 1st international T20 Trophy match between India and the West Indies held at the Central Broward Stadium in Fort Lauderdale, Florida, United States of America on the 27th August 2016 Photo by: Ron Gaunt/ BCCI/ SPORTZPICS

१२ भदौ, काठमाडौं । अन्तिम बलमा कप्तान महेन्द्र सिंह धोनी आउट भएपछि भारत रोमाञ्चक खेलमा वेष्टइण्डिजसँग १ रनले पराजित भएको छ ।

वेष्टइण्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २४५ रन बनायो । जवाफमा मैदान उत्रिएको भारतले ४ विकेट गुमाएर २४४ रन मात्र बनाउन सक्यो ।

भारतलाई अन्तिम ओभरमा ८ रन चाहिएको थियो । पहिलो बलमा ब्राभोले धोनीलाई एक रन दिए । दोस्रो बलमा केएल राहुलले पनि एक् रन लिए । तेस्रो र चौथो बलमा पनि भारतले एक रन लियो भने पाँचौ बलमा धोनीले २ रन जोडे । अब अन्तिम बलमा पनि जितका लागि २ रन चाहिएको थियो ।

अन्तिम बलमा ब्राभोले धोनीको विकेट लिएपछि वेष्टइण्डिजले भारतमाथि १ रनको रोमाञ्चक जित हात पारेको छ ।

भारतका लागि राहुलले अविजित ११० रन बनाए । रोहित शर्माले ६२ रन जोडे भने एमएस धोनी ४३ रनमा आउट भए ।

यसअघि वेष्टइण्डिजले राम्रो सुरुवात गरेको थियो । जोनसोन कार्लोस र इभान लुइसले पहिलो विकेटका लागि १२६ रनको साझेदारी गरे । कार्लोस ७९ रनमा आउट भए । लुइसले शतक पुरा गरे । उनी १०० रनमा जडेजाको बलमा आउट भए ।

आन्द्र रसेल र किरन पोलार्डले समान २२ रन बनाए  भने कार्लोस ब्रोथवाइट १४ रनमा रन आउट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment