Comments Add Comment

कम्पनीले माग पूरा गर्ने आश्वासन दिएपछि नेपाली कामदार काममा फर्किए

Malesiya-Majdoor

क्वालालम्पुर । कम्पनीले माग पूरा गर्ने आश्वासन दिएपछि मलेसियाको ए वान ग्लोभ कम्पनीमा कार्यरत मजदुरहरु काममा फर्किएका छन् ।

कम्पनीका अन्य मजदुरहरुलाई भड्काएको आरोपमा तीन नेपालीसहित पाँच पाकिस्तानी मजदुरलाई प्रहरीले पक्राउ गरेपछि अन्य मजदुरहरु आन्दोलित बनेका थिए । सहमतिपछि मजदुरको होष्टलमा बिजुली पनि जोडिएको छ । मजदुरले ५ दिनदेखि होष्टलमा बिजुली प्रयोग गर्न पाएका थिएनन् ।

पक्राउ पर्ने नेपाली मजदुरमा बुटवलका अनिल थापा क्षेत्री, प्युठानका भीम पुनमगर र बाराका रामकिशोर हरिजन रहेका छन् । उनीहरुलाई शनिबार दिउँसो पक्राउ गरिएको थियो ।

पक्राउ परेका सवैलाई स्थानीय प्रहरी कार्यालयमा राखिएको छ । ‘पक्राउ परेका श्रमिकहरुलाई कम्पनीले छुटाउने वाचासँगै हामी काममा र्फकन सहमत भएका छौं, दुतावासबाट पनि सोमवार कम्पनीमा प्रतिनिधि आउने कुरा भएको छ ।’ कम्पनीमा कार्यरत दैलेखका दिलवहादुर क्षेत्रीले अनलाइनखवरसँग भने ।

मलेसिया सरकारले लागू गरेको न्युनतम पारिश्रमिक पाउनुपर्ने, होस्टलको सेवा सुविधामा कम्पनीले ध्यान दिनुपर्ने, स्वास्थ्य उपचारको उचित व्यवस्था हुनुपर्ने लगायतका माग राखी एक महिना अगाडि श्रमिकहरुले कम्पनी प्रशासनलाइ जानकारी गराएका थिए । तर कम्पनीले भने मागहरुलाई वेवास्ता गरेको कारण आन्दोलनमा जानु उनीहरुले वताए ।

केहि दिन अगाडि आन्दोलन गरे लगत्तै कम्पनीले होस्टलको पानी वत्ती काटिदिएको थियो । प्रहरी आएपछि भने पुन सुचारु गरिदिएको थियो । शनिवार दिउँसो पनि करीव दुई वजेवाट होस्टलको वत्ती र पानी समेत काटिएको थियो वार्ता पछि भने वत्ति पानी पुन सुचारु गरिदिएको छ । कम्पनीमा करीव तीन सय नेपालीहरु कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment