Comments Add Comment

स्पेनिस फुटबल अब ‘बिग थ्री’मा होइन !

La-liga-Player

१२ भदौ, काठमाडौं । ला लिगाको नयाँ सिजनमा बार्सिलोना जितका साथ उपाधि रक्षाको अभियानमा सुरु गरेको छ भने रियल मड्रिड र उसको शहरी प्रतिद्वन्द्वी एथ्लेटिको मड्रिड बार्सालाई रोक्ने प्रयासमा हुनेछन् । तर, स्पेनिस फुटबल ‘बिग थ्री’मा होइन ।

बेल मड्रिडको मुख्य खेलाडी बन्दै

रियल मड्रिडले पछिल्लो तीन वर्षमा दुई पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । तर, पछिल्लो ८ सिजनमा उसले एक पटक मात्र ला लिगाको उपाधि जित्न सकेको छैन । र, यो सिजनको सुरुवातसँगै एउटा प्रश्न सुरु भएको छ कि घरेलु लिगमा रियल मड्रिडले यो पटक बार्सिलोनाबाट उपाधि खोस्न सक्छ ?

जिनेदान जिदानको प्रशिक्षणमा रहेको मड्रिड गत सिजन चिरप्रतिद्वन्द्वी बार्सिलोनासँग एक अंकले पछि रहृयो । र, यो सिजन रियल सोसिडाडलाई ३-० ले पराजित गर्दै बलियो सुरुवात गरेको छ । जुन खेलमा ग्यारेथ बलले दुई गोल गरे, जसमध्ये एक गोल भने खेल सुरु भएको मात्र ७२ सेकेण्डमा भएको थियो ।

सिजनको पहिलो खेलमा रियलका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो अनुपस्थित थिए । र, वेल्सम्यान बेलले उत्कृष्ट प्रर्दशन गर्दै उनको अभाव महसुस गर्न दिएनन् ।

दोस्रो खेलमा भने उसले सेल्टाभिगोलाई २-१ ले हराएको छ, जुन खेलमा मोराटा र क्रुजले गोल गरे ।

बार्सिलोनामा नयाँ अनुहार

बार्सिलोनाले पहिलो खेलमा रियल बेटिसलाई ६-२ ले हराउँदै शानदार सुरुवात गरेको छ । गत सिजनको लिगको टप स्कोरर लुइस स्वरेजले हृयाटि्रक गरे । यो उनको पछिल्लो छ खेलमा चौथो हृयाट्रिक हो । साथै लिओनल मेस्सी पनि हेडलाइन बने किनकी उनको प्रदर्शन निकै लोभलोग्दो थियो र दुई गोल पनि गरे ।

यो सिजन बार्सिलोनामा नयाँ अनुहार पनि छ । यो मेस्सीको मेस्सीको हेयर स्टाइल र दाह्री मात्र होइन । यो सिजन बार्सिलोनाले केही नयाँ अनुहारलाई क्लबमा भित्र्याएको छ । जसमध्ये फ्रान्सेली स्ट्राइकर लुकास डिग्ने र स्यामुअल उम्टिटी, डेनिस स्वरेजले सिजनको पहिलो खेलमा नै बार्सिलोनाबाट डेब्यू गरे ।

पोर्चुगलका आन्द्रे गोमेज पनि बार्सिलोनामा आइसकेका छन् भने पाको अलकासे पनि भ्यालेन्सियाबाट नाउ क्याम्पमा आउने लगभग पक्का जस्तै भएको बताइएको छ । र, अब बार्सिलोनाका प्रशिक्षक लुइस इनरिकेसँग धेरै विकल्पहरु हुनेछ ।

तर, बार्सिलोनाको सफलताका लागि मुख्य हतियार फवार्डलाई एमएसएन, मेस्सी, स्वरेज र नेयमार नै हो । जसले पछिल्लो दुई सिजन संयुक्त रुपमा २६० गोल गरेका छन् । यदि ‘ट्रिओ’ फिट र र्फममा रहेमा च्याम्पियन्स लिग पनि जित्न सक्नेछन् ।

एथ्लेटिकोले चुनौती दिन सक्छ ?

एथ्लेटिको मड्रिड गत सिजन च्याम्पियन बार्सिलोनाभन्दा मात्र ३ अंकले पछाडि रहृयो । र, यो सिजन पनि एथ्लेटिको मड्रिडले लिगमा चुनौती दिन सक्नेछ भन्ने विश्वास गर्न सकिन्छ । किनकी उसले २०१४ मा बार्सिलोनाबाट उपाधि खोसेको थियो ।

र, डिएगो साइमन २०११ मा क्लबमा आएपछि एथ्लेटिको मड्रिडले धेरै सुधार गरेको छ । लामो समय ला लिगामा उपाधिका लागि बार्सिलोना र रियल मड्रिडबीच मात्र प्रतिस्पर्धा हुन्थ्यो । तर, अहिले एथ्लेटिको मड्रिड थपिएको छ ।

यद्यपी आफ्ना स्टार स्ट्राइकर एन्टोनी ग्रिजम्यानविनाको उसले पहिलो खेल अल्वेससँग बराबरी खेलेको छ । दोस्रो खेलमा पनि उसलाई नयाँ क्लब लेगनेसले गोलरहित बराबरीमा रोकेको छ ।

जसले जिताए, उसलाई बर्खास्त

अल्वेस गत सिजन स्पेनको डिभिजन टु जितेर ला लिगामा उक्लिन सफल भएको छ । तर, उसले जसल पहिलो डिभिजनमा पुर्याए, उनै प्रशिक्षकलाई बर्खास्त गरेको छ ।

भ्यालेन्सियाका पूर्व प्रशिक्षक मौरिसिओ पेलेग्रिनोले लि लिगामा नयाँ टिमलाई लिगमा उतारेको छ ।

र, २००६ देखि राम्रो प्रदर्शन गर्दै आएको एथ्लेटिको मड्रिडलाई बराबरीमा रोक्दै उसले डिभिजन वानमा उकाल्ने प्रशिक्षकको बर्खास्तीलाई सही भएको सन्देश दिन खोजेको छ ।

अल्वेसको अहिलेस्म्मको राम्रो प्रदर्शन भनेको २००१ मा यूईएफए कपको फाइनल हो, जुन खेलमा क्लब ५-४ ले पराजित भएको थियो । भिटोरिया गास्टेज शहरमा अल्वेस चर्चित क्लब होइन, त्यहाँ बास्कोनी नामको बास्केटबल क्लब चर्चित छ ।

आक्रामक सेभिल्ला

ला लिगामा यो सिजन सेभिल्ला जोर्ज साम्पाउलीको प्रशिक्षणमा छ, जसले चिलीको राष्ट्रिय टिमलाई कोपा अमेरिकाको उपाधि दिलाउनु अघि घरेलु तीन उपाधि जितेका थिए ।

उनी आक्रामक फुटबलका लागि माहिर प्रशिक्षक मानिन्छन् । र, सेभिल्लाले पहिलो खेलमा स्पानियोलविरुद्ध २-३-२-३ को शैलीमा खेेलेको छ । उसले सेभिल्लालाई ६-४ ले हराएको छ, र गोलहरु यो सिजन क्लबमा आएकाहरुले नै गरे ।

अर्को टिम लास लिमास् हो । जसले गत सिजन ला लिगामा राम्रो प्रदर्शन गरेको थियो । यो क्लबले एसीमिलानका स्टार केभिन पि्रन्स बोटेङलाई अनुवन्धित गरेको छ । र, उसले पहिलो लेगमा भ्यालेन्सियालाई ४-२ ले हराएको छ ।

यसबाहेक ला लिगामा मालाला, रियल बेटिसको खेल पनि हेर्न लायक मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment