Comments Add Comment

कांग्रेस सांसद धनराजको दुःखेसोः गगन मन्त्री भएपछि हाम्रो प्रस्ताव तुहियो

'भाइ मन्त्री भएकोमा खुसी छु, प्रस्ताव तुहिकोमा अत्यन्त दुःखित'

१२ भदौ, काठमाडौं । डा. गोविन्द केसीका माग सम्बोधन हुनुपर्ने भन्दै संसदमा दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुन नसक्ने भएको भन्दै प्रस्तावक सांसद धनराज गुरुङले दुःख व्यक्त गरेका छन् ।

Dhanraj-Gurungअख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअधियोग लगाउनु पर्ने लगायतका डा. केसीको मागबारे संसदमा छलफल गर्नु पर्ने भन्दै गगनले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थिए । तर, प्रस्तावक गगन थापा नै शुक्रबार स्वास्थ्यमन्त्री बनेका छन् ।

गगन मन्त्री बनेपछि समर्थक मध्येका एक कांग्रेसकै अर्का सांसद धनराज गुरुङले आफूहरुको प्रस्ताव ‘तुहिएको’ टिप्पणी गरे । प्रस्तावक नै मन्त्री बनिसकेपछि संसदमा उक्त प्रस्तावमाथि छलफल नहुने भनेर ट्वीटरमार्फत सार्वजनिक गरेका छन् ।

कांग्रेस सांसद गुरुङले लेखेका छन्-‘प्रिय भाइ गगन मन्त्री बनेकोमा म अत्यन्त खुसी छु । तर, मुलुकमा व्याप्त बेथिति विरुद्धको प्रस्ताव तुहिइएकोमा म अत्यन्त दुःखित छु ।’

सांसदद्वय गुरुङ र श्याम श्रेष्ठले थापाको प्रस्तावका समर्थक थिए । तर, अहिलेसम्म यो सार्वजनिक महत्वको प्रस्ताव अझैसम्म छनौट समितिले छनोट गरेको छैन ।

संसद सचिवालय स्रोतका अनुसार गगन मन्त्री भएसँगै उनले दर्ता गरेको प्रस्ताव नै तुहिएको भन्न मिल्दैन । तर, अफ्ठ्यारो भने भएको छ । संसदमा एक अधिकारी भन्छन्, प्रस्ताव नै जवाफ दिने ठाउँँमा पुगेपछि केही अफ्ठ्यारो भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment