Comments Add Comment

नेपाल भित्रियो कियाको नयाँ स्पोर्टएज, यी हुन् खास फिचर्स

१२ भदौ, काठमाडौं । किया मोटर्सले आफ्नो एसयुभी गाडी स्पोर्टेजलाई नयाँ लुक्ससहित नयाँ भर्सनमा ल्याएको छ । नाडा अटो-शोलाई लक्षित गरेर कियाका लागि नेपालको आधिकारिक विक्रेता कन्टिनेन्टल ग्रुपले स्पोर्टएजलाइ नेपाल ल्याएको हो ।

यसलाई पहिलेभन्दा स्पोर्टी लुक्स दिइएको छ भने सेफ्टी फिचर्सहरु थप गरी प्रस्तुत गरिएको छ । स्पोर्टएजलाई स्टाइलिस लुक्सका साथ सार्वजनिक गरिएपछि यसले धेरैलाई आकषिर्त गर्ने कम्पनीको विश्वाश छ ।

यसमा १९९९ सीसीको इञ्जीन छ । यसले शहरभित्र प्रतिलिटर ८ किलोमिटर र राजमार्गहरुमा १२ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ ।

यो डिजेल र पेट्रोल दुबै इञ्जिनमा उपलब्ध छ । यसमा २.० लिटरको इञ्जिन दिइएको छ । जसले दुई किसिमको पावर ट्युन दिन्छ । कम पावरफूल भर्सन १३६ पीएसको पावर दिन्छ भने अर्कोले १८५ पीएस दिन्छ ।

आकर्षक स्टाइल र दमदार लुक्सका कारण यसले बजारमा छुट्टै पहचिान बनाउन अपेक्षा कम्पनीको छ । यो गाडीमा २०० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स छ ।

sportage 2
यसमा ८ वटा भेरियन्टहरु नेपालमा उपलब्ध छन् । पेट्रोल इञ्जिनका ३ वटा भेरियन्ट बजारमा छन् । एलएक्स-वान, एलएक्स-टु र इएक्स-वान पेट्रोल भर्सनका स्पोर्टएज हुन् ।

यसैगरी डिजेल इञ्जिनमा ६ वटा भेरियन्ट उपलब्ध छन् । एलएक्स-वान, एलएक्स-टु, इएक्स-वान, इएक्स-टु, इएक्स (अटो ट्रान्समिसन) भेरियन्ट नेपालमा आएको छ ।

प्रत्येक भेरियन्टमा विभिन्न विशेष सुविधाहरु समावेश गरिएका छन् । यी गाडीमा सुरक्षाका लागि ८ वटा एयरब्याग जोडिएका छन् । क्रुस कन्ट्रोल, फगलाइट, डे टाइम रनिङ लाइट, १९ इन्चसम्मको एलो ह्वील लगायतका स्पेशल फिचर्सहरु पनि गाडीमा छन् ।

स्पोर्टेजले सुरक्षाका लागि ओरालोमा इमरजेन्सी रुपमा गाडी रोेक्न सक्ने स्पेशल स्वीच (स्पीड हिल) पनि जडान गरिएको छ ।

sportage-3
गाडी भित्रको इन्टेरियर डिजाइन आकर्षक छ भने पर्याप्त स्पेशले चालक तथा यात्रुलाई पूर्ण स्वतन्त्रता र आत्वविश्वास प्रदान गर्छ । यसको वैज्ञानिक बनोटले ड्राइभरका लागि उत्कृष्ट भिजिबिलिटी दिने कम्पनीको दावी छ ।

स्पोर्टएज विभिन्न आठ कलरमा उपलब्ध गराइएको छ । क्लीयर ह्वाइट, स्नो ह्वाइट पर्ल, स्पार्किङ सिल्भर, मिरल सिल्भर, पेन्टिया गोल्ड, फेरि रेड, मर्करी ब्लु र चेरि ब्ल्याक रंगमा स्पोर्टेज उपलब्ध छ ।

Kia Sportage
विभिन्न भेरियन्टहरुलाई कम्पनीले फरक-फरक मूल्य तोकेको छ । यसमा ८ वटा भेरियन्टहरु नेपालमा उपलब्ध छन् । पेट्रोल इञ्जिनको एलएक्स-वानलाई ७६ लाख ९५ हजार रुपैयाँ पर्छ भने एलएक्स-टुको ७८ लाख ९५ हजार र र इएक्स-वानको ७९ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।

यसैगरी डिजेल इञ्जिन रहेको एलएक्स-वानको मूल्य ९२ लाख ९५ हजार रुपैयाँ छ भने एलएक्स-टुको ८४ लाख ९५ हजार, इएक्स-वानको ८५ लाख ९५ हजार, इएक्स-टुको ८७ लाख ९५ हजार र इएक्स (अटो ट्रान्समिसन)को ८९ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।

sportage

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment