Comments Add Comment

भवन आचारसंहिता लागू गराएरै छोड्छुः मन्त्री केसी

१२ भदौ, काठमाडौं । शहरी विकासमन्त्री अर्जुननरसिंह केसीले भवन आचारसंहिता पूर्णरुपमा लागु गर्ने बताएका छन् । व्यवस्थित बसोबासका लागि सरकारले जारी गरेको आचारसंहिता पालना नगर्नेलाई अपि्रय निर्णय लिने केसीको चेतावनी छ ।

Arjun-Narsingh-kcआइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री केसीले भने, ‘पहिले बनिसकेको भवन आचारसंहिता किन लागु भएन भनेर म बुझ्छु, यसमा केही कमजोरी भए सच्याएर भएपनि कार्यान्वयन अघि बढाउँछु ।’

उनले अघि थपे, ‘सुधार गर्नुपर्ने भए तीन दिनभित्र पेश गर्न निर्देशन दिन्छु, होइन भने संहिता कडाइका साथ लागू गर्छु । आचारसंहिता मान्नुभएन भने मैले अपि्रय निर्णय गर्नुपर्ने हुन्छ ।’

उनले शहरलाई सुसंस्कृत र सुन्दर बनाउनको लागि विद्युत, खानेपानीजस्ता सुविधाहरुको समेत व्यवस्था गर्नुपर्ने भएकाले आफूले सोही बमोजिम काम गर्ने प्रतिवद्धता जनाए ।

अहिले सरकारको प्रमुख दायित्व भनेको नै संविधानलाई सबैको सर्वस्विकार्य बनाउनु र यसको पूर्ण कार्यान्वयन गर्नु रहेको उनले उल्लेख गरे । केसीले भने, ‘संविधान कार्यान्वयन गर्नु नै यो सरकारको प्रमुख दायित्व हो, हामी पूर्णप्रतिबद्ध छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment