Comments Add Comment

जंगी अड्डा पुगे रक्षामन्त्री, नेपाली सेनाको प्रशंसा

Balkrishna-khad-at-sena-headquater

१२ भदौ, काठमाडौं । नवनियुक्त रक्षामन्त्री बालकृष्ण खाँडले आइतबार नेपाली सेनाको मुख्यालय जंगी अड्काको भ्रमण गरेका छन् । त्यहाँ सेनाले रक्षामन्त्री खाँडलाई नेपाली सेना सम्बन्धी परिचयात्मक जानकारी गराएको छ ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले स्वागत मन्तव्य राखे भने सम्बन्धित विभागका रथीहरुले नेपाली सेनाको इतिहास, विकासक्रम, जिम्मेवारी र आगामी कार्यदिशा एवं अपरेशनल गतिविधिबारे ब्रिफिङ गरे ।

कार्यक्रममा रक्षामन्त्री खाँडलेसेनाले आफ्नो स्थापना कालदेखि हालसम्म राष्ट्र सुरक्षामा पुर्‍याउँदै आएको योगदानको उच्च कदर गरे ।

साथै, नेपाल निर्माणमा सेनाले महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको र सेनाप्रति आफ्नो उच्च सम्मान रहेको बताए ।

रक्षामन्त्री खाँडले राष्ट्रिय सुरक्षा, सार्वभौमसत्ता, अखण्डता र नेपाली जनताको सुरक्षामा केन्द्रित रहेर काम गर्न निर्देशन दिए ।

उनले नेपाली सेनाले सिमित साधन र श्रोतको बावजुत पनि राष्ट्र रक्षाको लागि गरेका कार्यहरुको उच्च मुल्यांकन गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment