Comments Add Comment

अलविदा खेमराजः शोकमा नेतादेखि कलाकारसम्म

khemraj gurung (2)

१२ भदौ, काठमाडौं । लोक गायक खेमराज गुरुङको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आइतबार दिउँसो डेढ घन्टाका लागि प्रज्ञा भवन, कमलादीमा राखियो । श्रद्धाञ्जलि अर्पण गर्न राजनीतिक नेता, कलाकार र शुभेच्छुकहरूको बाक्लो भिड लागेको थियो ।

उनीहरू शोकमग्न थिए । गायक राजेश पायल राई बलिन्द्र धारा आँसु झारिरहेका थिए ।

Rjaesh Payal Rai (10)

पूर्वप्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता झलनाथ खनाल, सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की, नेताहरु सुरेन्द्र पाण्डे, योगेश भट्टराई लगायतले प्रज्ञा भवन पुगेर गायक गुरुङप्रति श्रद्धा सुमन अर्पण गरेका थिए ।  सञ्चारमन्त्री कार्कीले गुरुङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान श्रद्धा सुमन व्यक्त गरे ।

Surendra Karki, khemraj gurung (4)

यस्तै गायक राजेश पायल राई, रामकृष्ण ढकाल, संगीतकार सुरेश अधिकारी, चेतन सापकोटा लगायतका संगीतकर्मीहरू पनि श्रद्धाञ्जलिका लागि प्रज्ञा भवन पुगेका थिए । प्रिय गायकको बिदाइमा सबै जना शोकाकुल अवस्थामा थिए ।

Jhalanath Khanal (5)

पार्थिव शरीर दिउँसो एक बजेदेखि सवा दुई बजेसम्म राखेर पशुपति आर्यघाट लगिएको थियो । बेलायतबाट शनिबार आएका गायक गुरुङका आमा र ठूली दिदीलाई आफन्तले आडभरोसा दिइरहेका थिए ।

khemraj gurung (7)

यसअघि आइतबार बिहान ८ बजे गायक गुरुङको पार्थिव शरीरलाई हेलिकोप्टरबाट गृहनगर खाँदबारी लगिएको थियो । आफ्ना क्षेत्रका लोकपि्रय गायकलाई अन्तिम पटक हेर्न र श्रद्धाञ्जलि अर्पण गर्न संखुवासभाका साथै सुनसरी, धनकुटा, तेह्रथुमदेखिका शुभेच्छुकहरूको ओइरो लागेको थियो । खाँदबारीमा दुई घन्टा राखेर पार्थिव शरीर काठमाडौं ल्याइएको हो ।

khemraj gurung (3)

कलेजोको समस्याबाट पीडित गुरुङको गत बिहीबार अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । गायक गुरुङको बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । उनका श्रीमती र दुई छोरा छन् ।

khemraj gurung (6)

Chetan sapkota

khemraj gurung (8)

khemraj gurung (14)

khemraj gurung (9)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment