Comments Add Comment

इन्टेक्स थ्री-जी स्मार्ट फोन नेपाली बजारमा

intex
१२ भदौ, काठमाडौं । इन्टेक्स टेक्नोलोजी मोबाइल कम्पनीले नेपालमा अत्याधिक ब्याट्री ब्याकअप भएका एन्ड्रोइड फोन नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरिएको इन्टेक्स मोबाइलको मूल्य ८ हजार १ सय ९९ रुपैयाँ तोकेको छ ।

कम्पनीले मोबाइलमा एक वाई वारेन्टि समेत रहेकेा जनाएको छ । ५ इन्च डिस्प्ले रहेको यो मोबाइल सेटमा २८ सय एम एचको व्याट्री, लाईट सेन्सर, २ मेगा पिक्सलको फ्रन्ट क्यामेरा र पछाडि ५ मेगा पिक्सलको क्यामेरा रहेको दाबी गरेको छ ।

एक जिबी र्‍याम सुविधा रहेको मोबाइलमा ३२ जिबीको मेमोरी एक्सपान्डेवल सुविधा रहेको दाबी गरेको छ । इन्टेक्स टेकनोलोजिले नेपाल भरी ४५ सय भन्दा धेरै आधिकारिक विक्रेताहरु मार्फत विभिन्न मोडेलका मोबाइल सेट हरु बिक्री वितरण गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment