Comments Add Comment

ग्लोबल आइएमईले गाडी किन्न सस्तो कर्जा दिने

ime-n-interconinental
१२ भदौ, काठमाडौं । सहज रुपमा अटो लोन प्रवाह गर्ने उद्देश्यले ग्लोबल आइएमई बैंकले अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्ससँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका बैंकका मुख्य प्रबन्धक (एसएमइ तथा रिटेल बैंकिङ) श्री सुरेन्द्रराज रेग्मि र अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्सका तर्फबाट महा प्रबन्धक-फाइनान्स मनिष कुमार जैनले हस्ताक्षर गरे ।

सम्झौता पत्रअनुसार अब सुजुकी ब्राण्डका कुनैपनि निजि वा कमर्सियल प्रयोजनका लागि अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्स र त्यस अन्र्तगतका अन्य कम्पनीहरुबाट खरिद गरेका गाडिलाई ग्लोबल आइएमई बैंकले ग्राहकहरुलाई आफनो सबै शाखाहरुबाट आकर्षक व्याजदरसहित बढिमा ७ वर्षको लागि ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्ने छ ।

सबै क्षेत्र र वर्ग सम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्धेश्यले बैंकले ९१ वटा शाखा ६ वटा एक्सटेन्सन काउण्टर, १०२ एटीएम, ४२ वटा शाखारहित बैंकिङ सेवामार्फत ६ लाख भन्दा बढि ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment