Comments Add Comment

काठमाडौको संकटा मन्दिर नजिकबाट ११ तोला सुन लुटपाट

१२ भदौ, काठमाडौं । काठमाडौको संकटा मन्दिर नजिकबाट ११ तोला सुन लुटपाट भएको छ ।  आइतबार विहान ९ बजे न्युरोडस्थित बी युनाइटेड गोल्डमार्ट सुन पसलबाट सुन जलप लगाउनका लागि संकटा मन्दिर लैजाने क्रममा उक्त सुन लुटपाट भएको हो ।

Goldसुन बोकेर गएका भारत कलकत्ता घर भएका १५ वर्षीय सागर चन्द्रलाई ३ जना अपरिचित ब्यक्तिहरुले कुटपिट गरी सुन लुटेर भागेका  हुन् । सुन लुटी फरार भएका ब्यक्तिहरुको खोजिकार्य भइरहेको महानगरीय प्रहरी वृत्त जनसेवाले जानकारी दिएको छ ।

५९ हजार नगद लुटेर भाग्न खोज्ने २ पक्राउ

यसैबीच कपिलवस्तुको कपिलवस्तु नगरपालिका ५ स्थित राष्ट्रिय बैङ्क अगाडिबाट एक ब्यक्तिको ५९ हजार नगद लुटेर भाग्ने क्रममा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरीक २० वर्षीय अब्दुल मुसलमान र ४५ वर्षीय राम शंकर लोध रहेका छन् ।

आइतबार दिउँसो साढे १ बजे स्थानीय ६४ वर्षीय राम अबतार धोबिले बैङ्कबाट रकम निकाली बाहिर निस्कने क्रममा उनीहरुले रकम लुटी भाग्दै गर्दा प्रहरीले पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको स्थानिय प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment