Comments Add Comment

मासु खान छोड्नुस् अल्जाइमरबाट बच्नुस्

Indial-Traditional-Food

१२ भदौ, काठमाडौ । खानामा बढी चिल्लो र मासुको परिकार धेरै प्रयोग गर्ने मानिसमा प्राणघातक रोग अल्जाइमरको खतरा उच्च रहने तथ्य एक अध्ययनबाट पत्ता लागेको छ । त्यसको विपरित परम्परागत खानाको सेवन गर्ने भारत, जापान तथा नाइजेरिया लगायतका देशहरुमा अल्जाइमरको जोखिम कम हुने गरेको छ ।

विश्वव्यापी रुपमा, झण्डै ४२ हजार भन्दा बढी मानिस अहिले डिमेन्सिया-पागलपनका शिकार छन् । डिमेन्सिया रोग अल्जाइमर रोगको सामान्य प्रकार हो । यो रोग अहिले विश्वव्यापी रुपमा फैलँदो छ ।

अल्जाइमर रोगको जोखिम बढाउने प्रमुख कारकमा आहार पर्दछ, जुन पश्चिमाहरुको चिनारीको रुपमा रहेको मासु, मिठाई तथा उच्च चिल्लो मिसिएको दूधको परिकारसित सम्बन्धित छ ।

उदाहरणको लागि जापानले आफ्ना पोषणयुक्त पारम्परिक जापानीज खानालाई पश्चिमी देशहरुको जस्तो खानामा परिणत गर्‍यो, सन् १९८५ मा अल्जाइमर रोग एक प्रतिशतबाट बढेर सन् २००८ मा सात प्रतिशतमा पुगेको थियो । जसमा २०-२५ वर्षसम्म पोषणको स्तर न्युन रहेको थियो ।

पर्यावरण तथा अकलोकनका आधारमा आएका यी प्रमाणले के देखाउँछ भने फलफुल, तरकारी, अन्न, बोसो रहित डेरीबाट उत्पादित खाना लगायत माछाले अल्जाइमरको जोखिम कम गर्न सहयोग गर्दछ ।

यो अनुसन्धानलाई समिक्षा गर्न नयाँ पर्यावरणीय अध्ययन गरिएको थियो । जसमा ब्राजिल, चीन, क्युवा, इजिप्ट, चाइल, भारत, मंगोलिया, कोरिया, श्रीलंका, अमेरिका लगायतका दश देशका मानिसमा देखिएको अल्जाइमरको समस्याबारे अनुसन्धान गरिएको थियो । जसमा अल्जाइमर रोग भएका मानिसको ५, १० र १५ वर्ष अघिको आहारको स्तरबारे अध्ययन गरिएको थियो ।

अध्ययनले आहारमा आधारित रहेर निश्चित देश तथा क्षेत्रले अलजाइमरको क्षेत्रमा विकास गरिरहेको जोखिमबारे छलफल गरेकेा थियो ।

विशेषगरी, मासुको खपत ज्यादा गर्ने अमेरिकी नागरिकमध्य प्रत्येकमा अल्जाइमरको विकास हुने सम्भावना चार प्रतिशत रहने गरेको छ ।

‘मासुको उपभोग कम गर्नाले अल्जाइमरको जोखिम कम हुनुका साथै विभिन्न प्रकारका क्यान्सर, टाइप २ मधुमेह, स्ट्रोक तथा मृगौला रोगको जोखिम कम हुने गर्छ’ अध्ययनका लेखक विलियम बी ग्राण्टले भने । उनको यो अनुसन्धान जर्नल अफ द अमेरिकन कलेज अफ न्युटिसनमा प्रकाशित छ ।

‘पर्यावरण तथा अवोकनका आधारमा गरिएको अध्ययनले मासुको खपत हुने पश्चिमा खानाले अन्य गम्भीर समस्या लगायत अल्जाइमरको जोखिम बढाउने गर्छ’, ग्राण्टले भने ।

यद्यपी पारम्परिक भु-मध्य आहार पश्चिमी आहार भन्दा करिब आधा कम जोखिमसित सम्बन्धित छ, त्यसैगरी भारत, जापान, नाइजेरिया लगायत देशहरु जहाँ मासुको खपत कम हुन्छ, अल्जाइमरको जोखिम अझ ५० प्रतिशतले कम हुने गर्छ’, उनले भने ।

विशेषगरी पाँच बर्षदेखि लगातार जनावर तथा मासुको परिकार खानेमा अल्जाइमर रोगको जोखिम रहने गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment