Comments Add Comment

सार्कमा भिसा सुविधा दिन भारत असहमत

India-Flag१३ भदौ, काठमाडौं । दक्षिण एसियाली क्षैत्रीय सहयोग संगठन सार्क भित्र कलाकार र खेलाडीलाई सार्क भिसा स्टिकर सुविधा दिनुपर्ने प्रस्तावमा भारतले असहमति जनाएको छ ।

साउन तेस्रो साता पाकिस्तानको राजधानी इस्लामावादमा भएको सार्क गृहमन्त्री स्तरीय बैठकमा भारतले यस विषयमा असहमति जनाएको आजको कारोबार दैनिकमा समाचार छ । भारतले सहमति नजनाएपछि यो विषय आगामी बैठकसम्म स्थगित भएको छ ।

बैठकमा सहभागी सुरक्षा अधिकारीका अनुसार सरकारी कर्मचारीबाहेक कलाकार,, खेलाडी, उद्योगी  व्यपारी, पत्रकारलगायत पेसाकर्मीका लागि भिसा स्टिकर सुविधा उपलव्ध गराउन अन्य मुलुक सहमत देखिएका थिए । तर भारतले विस्तृत अध्ययन र छलफल हुनुपर्ने भन्दै पछि सारेपछि निर्णय हुन सकेन ।

नेपालसहित सार्क मुलुकमा आवद्ध आठ देशका लागि भारते स्टिकर छपाउँदै आएको छ ।

बैठकमा भारतले सार्क भिसा स्टिकर छपाइबाहेक डाटा सेन्टर स्थापना गर्न पनि प्रस्ताव गरेको थियो । तर, अन्य विषयमा बैठक केन्दि्रत भएपछि यो विषय निष्कर्षमा पुग्न नसकेको स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment