Comments Add Comment

बार्सिलोनाको लगातार दोस्रो जित

Rakitic१३ भदौ, काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा लगातार दोस्रो जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिको बिल्बाओमाथि १-० को जित हात पारेको हो । उसको जितमा इभान राकिटिकले २१ औं मिनेटमा विजयी गोल गरे  ।

बार्सिलोनाले थुप्रै अवसर खेल फालेको थियो । उसका लिओनल मेस्सी, लुइस स्वरेज र टुरानले गोल नजिक पुगेपनि सफल भएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment