Comments Add Comment

महिलालाई नेतृत्वमा पुर्‍याउन विशेष कार्यक्रम

women१३ भदौं, ताप्लेजुङ । ताप्लेजुङमा राजनीतिक दलको नेतृत्व तथा निर्णयक तहमा महिला नेतृत्व पुर्‍याउन प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ ।

गभरनेन्सि फेसिलिटको आर्थिक सहयोग तथा जागरण नेपालसँग को सहकार्यमा नेपाल महिला उद्यमी संघ ताप्लेजुङले राजनीतिक दलको नेतृत्व तथा निर्णयक तहमा महिलालाई पुर्‍याउन गाउँका महिला छनोट गरी तालीम र प्रशिक्षण दिन सुरु गरेको हो ।

तीन वर्षभित्र प्रशिक्षित महिलालाई सचेत र शिक्षित बनाई आफूले आस्था राखेको दल साथै जिल्ला विकास समिति र गाउँ विकास समितिको निर्णायक तहमा पुर्‍याउने लक्षकासाथ ताप्लेजुङको पाँच गाविसमा कार्यक्रम सञ्चालन गरिएको छ ।

जिल्लाको विकास र शिक्षाको पहुँचबाट पछि परेको आँखोप, साब्लाखु, लिम्बुदिन, मेहेले र सुरुम्खिम गाविसका २५/२५ जना महिलालाई आवस्यक तालिम र प्रशिक्षण दिईरहेको नेपाल महिला उद्यमी संघ ताप्लेजुङका शंकर राईले बताए । ती महिलाहरुलाई नेतृत्व तहको महत्व, भुमिका र अब राजनीतिक दलहरुले गर्नुपर्ने काम, मानवन अधिकारी र कानुनका विषयमा प्रशिक्षीत गराईने राईको जानकारी दिए  ।

स्थानीय सुशासन, निर्णायक तह, निर्वाचन र राजनीतिक क्षेत्रमा सिमान्तकृत समुदायका महिलाहरुको न्यून सहभागिता भएकाले ग्रामिण क्षेत्रका क्षमता भएका तर बाहिर नआएका महिलाहरुलाई कार्यक्रममा समेटिएको सो संस्थाले बताएको छ ।

कार्यक्रम सुरु भए पछि महिलालाई सक्षम बनाउन क्रियासील अन्य संस्थाहरुले पनि यो काममा साथ दिएको राईको भनाई छ ।

यो कार्यक्रम ताप्लेजुङ सहित पाँचथर, ईलाम, झापा, मोरङ र काभ्रे जिल्लाको ५/५ वटा गाविसमा सञ्चालीत रहेको छ । अबको तीन वर्षमा छ जिल्लाबाट कम्तिमा ४ सय ५० महिला नेतृत्व तहमा पुर्‍यउने आयोजक संस्थाले दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment