Comments Add Comment

गरिबका दुःखः न शव वाहन, न मलामी

man_carries_wifes_body_१३ भदौ, काठमाडौं । केही दिन अगाडि भारतीय पत्रिकामा उडिसाका एक गरिब आदिवासी दाना माझीको एक यस्तो तस्वीर छापिएको छ , जसले मन मस्तिष्कमा प्रहार गर्छ ।

दाना माझी आफ्नो काँधमा श्रीमतीको लाश लिएर लगभग १२ किलोमिटर पैदल हिडे । माझीकी पत्नी टिबी रोगको शिकार बनेकी थिइन् । माझीसँग मृत श्रीमतीको शव घर लैजानको लागि आवश्यक रकम थिएन ।

माझिले मृत श्रीमतीको शव घर लैजान अस्पतालसँग सहयोग मागिएको भएपनि अस्पतालले इन्कार गरेको बताए । उनीसँग कुनै विकल्प थिएन जसका कारण उनले लामो यात्रा काधँमा श्रीमतीको शव लिएर पुरा गरे ।

man_carries_wifes_body2भारतीय सञ्चारमाध्यहरुमा दाना माझीले एक कपडामा बेरीएको शव आफ्नो काँधमा बोकेर हिडेको दृश्य देखाइएको थियो । जुन पीडादायक थियो ।

भारतमा कम्तिमा एक तिहाई जनसंख्या गरिबीको रेखा भन्दा तल्लो जीवन गुजारा गरिरहेका छन् ।
यसमा अधिकांश दलित तथा आदिवासीको जनसंख्या छ । जसकोे जनसंख्याले पुरा जनसंख्याको एक चौथाई हिस्सा ओगटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment