Comments Add Comment

‘लेक साइड’मा रमाउँदै जीवन र नीता

neeta and jiwan
२ चलचित्रमा एकसाथ काम गरेपछि नायिका नीता ढुंगाना र जीवन लुइटेलको जोडीको चर्चा नेपाली चलचित्र वृत्तमा खुबै भयो । चलचित्र ‘नोटबुक’को ‘गाला रात्तै’ बोलको गीतले पनि यो जोडीलाई अझ चिनाएको हो । चलचित्र ‘भुलभूलैया’मा पनि यो जोडीले काम गर्‍यो ।

तर, निर्देशक योगेश घिमिरेले तेश्रो चलचित्र ‘राधा’मा भने नीतालाई नलिएर संचितालाई लिए । यसपछि, नीता र जीवनको जोडीले एकसाथ काम गर्न पाएको थिएन । तर, यतिबेला निर्देशक राजु अधिकारीले पोखरामा नीता र जीवनलाई लिएर चलचित्रको निर्देशन गरिरहेका छन् । पोखराको लेक साइडमा चलचित्रको छायांकन भैरहेको छ । चलचित्रको नाम पनि ‘लेक साइड’ नै राखिएको छ ।

निर्देशक अधिकारीले करिब १ महिना लगाएर चलचित्र खिचिने बताए । चलचित्रका निर्माता चन्द्र ज्योती ढुंगाना हुन् । चलचित्रले लेक साइडमा बसेर संगीत सिक्ने चाहने एक यूवकको कथा भन्ने अधिकारीको भनाई छ । यूवकको म्यूजिकल यात्रामा केटीले कस्तो साथ दिनेछन्, चलचित्रमा यो दृश्य पनि देखाइनेछ ।

निर्माता ढुंगाना चलचित्रका संगीतकार पनि हुन् । उनकै वास्तविक कथामा आधारित रहेर चलचित्रको बिषय तयार पारिएको छ । राजुले निर्देशन गरेको चलचित्र ‘सुब्बा साब’ प्रदर्शनको तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment