Comments Add Comment

विपी जयन्तीको अवसरमा अमेरिकामा बिभिन्न कार्यक्रम हुँदै

 

अमेरिका । नेपाली जनसम्पर्क समिति अमेरिका भर्जिनिया च्याप्टरको बैठकले नेपाली कांग्रेसका संस्थापक, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा साहित्यकार स्वर्गीय विश्वेश्वर प्रसाद कोइरालाको जन्मजयन्तीमा बिभिन्न कार्यक्रमको आयोजना गरने निर्णय गरेको छ ।

bp-koiralaकोइरालाको जन्मजयन्तीमा रक्तदान, कविता बाचन र स्वर्गिय कोइराला को व्यक्तित्व सम्बन्धी प्रबचन लगायत का बिभिन्न आयोजना हुनेछ ।

च्याप्टर सभापति रामशरण हुमागाईको सभापतित्वमा बसेको बैठकले जन्मजयन्ती कार्यक्रमलाई व्यवस्थित रुपमा सञ्चालन गर्न बिभिन्न समितिहरु पनि गठन गरेको छ । जसअनुरुप सेप्टेम्बर १० तारिख शनिबार रक्तदान कार्यक्रम गर्न उपसभापति द्वय टंकनाथ दाहाल र दीपक राना, कार्यसमिती सदस्यहरु केदार प्रशाद तिम्सिना, बुद्धिप्रसाद पौड्याल र यमकुमार सिटौलासमेतको समिति गठन गरिएको छ ।

त्यसैगरी सेप्टेम्बर ११ तारिखमा स्थानीय बुलरन् रिजनल लाइब्रेरी मनाससमा बिभिन्न संघ संस्थाहरु, संचार माध्यमहरु र बिशिष्ठ ब्यक्तित्वहरुको सहभागितामा हुने प्रबचन् र साहित्यिक कार्यक्रमलाई व्यवस्थित रुपमा सन्चालन गर्न सभापति राम शरण हुमागाई, उपसभापतिहरु टंक दाहाल र दीपक राना, महासचिव किरण लामा, सदस्यहरु केदार प्रशाद तिम्सिना, बुद्धिप्रसाद पौड्याल र यम कुमार सिटौलासमेतको जन्मजयन्ती बिशेष समिति समेत गठन गरिएको छ ।

जन्मजयन्ती कार्यक्रममा बिगत बर्षहरुमा झैं डिसी मेट्रो क्षेत्रमा बसोबास गर्ने दिदिबहिनी र दाजुभाइ हरुको उपस्थिती हुनेमा नेजसस अमेरिका भर्जिनिया च्याप्टर विश्वस्त रहदै नेपाली समुदायको संघ संस्थाका पदाधिकारी सदस्यहरु, सञ्चारकर्मी, बिद्यार्थी, साहित्यकार लगायत सम्पूर्णको सहभागिताका लागि अपील गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment