Comments Add Comment

अटोमा बैंकहरुको लगानी १९ अर्ब, एक वर्षमै साढे ४ अर्ब बढ्यो

auto-loan
१३ भदौ, काठमाडौं । पछिल्ला वर्षमा उद्योगीहरु व्यापारी बन्न थाले । उद्योगीहरु व्यापारमा सिफ्ट भएको गतिलो उदाहारण हो- अटोमोवाइल्स क्षेत्र ।

ठूला औद्योगिक घरानाको प्रवेससँगै अटोमोवाइल्स क्षेत्रमा बैंकहरुको लागनी पनि उल्लेख्यरुपमा बढेको छ । भूकम्प, तराई आन्दोलन र भारतीय नाकाबन्दीका बाबजूत पनि अटोमोवाइल्स क्षेत्रमा बैंकहरुको लगानी साढे ४ अर्ब रुपैयाँले बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार ०७३ असार मसान्तसम्ममा बैंकहरुले अटोमोवाइल्स क्षेत्रमा १८ अर्ब ९४ करोड रुपैयाँ लगानी गरेका छन् । त्यसको ठीक एक वर्ष अघि अर्थात् ०७२ असार मसान्तमा अटोमा बैंकहरुको लगानी १४ अर्ब ३४ करोड रुपैयाँ थियो । त्यसअघिको एक वर्षको अवधिमा भने बैंकहरुको अटो लोन पौने २ अर्ब रुपैयाँले मात्रै बढेको थियो ।

जोखिम, लगानी र मिहेनत तिनवटै कुरा कम हुँदा पनि उद्योगको तुलनामा व्यापारमा फाइदा हुने भएकाले उद्योगीहरु व्यापारमा आकषिर्त भएको अटोमोवायल्स डिलर्स एसोसिएसनका अध्यक्ष अञ्जन श्रेष्ठ बताउँछन् ।

ज्योति समूह, गोल्छा अर्गनाइजेसन, चौधरी समूह, लक्ष्मी समूह, अग्नी समूह, सिप्रदी समूह, विशाल समूह, एमएडब्लू समूह र आईएमई समूह अटोमोवाइल्स क्षेत्रको व्यापारबाट राम्रो आम्दानी पनि गरिरहेका छन् ।

मधेस आन्दोलन र भारतीय नाकाबन्दीका बाबजूत पनि गत आर्थिक वर्ष अटो क्षेत्रको वृद्धिदर ४० प्रतिशतको हाराहारीमा रहेको श्रेष्ठले बताए ।

‘रेमिटान्स बढेको छ जसले सबै वस्तुहरुको उपभोगलाई पनि बढाएको छ,’ उनले भने । अधिक तरलताको चापमा रहेका बैंकहरुले पनि सस्तो व्याजदरमा अटो लोन ३ दिनमै उपलब्ध गराउने भएकाले पनि यो क्षेत्रमा कर्जा बढेको श्रेष्ठको भनाई छ ।

देशको कुल ग्राहस्र्थ उत्पादनको वृद्धिदर १ प्रतिशतभन्दा तल रहेपनि विभिन्न संससंस्था र व्यक्तिको वृद्धिदर उच्च रहेकाले उपभोग्य वस्तुको माग बढेको सिटिजन बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी बताउँछन् ।
‘कमर्शियल भन्दा प्राइभेट भेइकलमा कर्जा बढेको छ,’ भण्डारीले भने- ‘व्यक्तिको आय बढेपछि उसले केही आफु लगानी गरेर र केही बैंकबाट ऋण लिएर गाडी किन्ने गर्छन् ।’

यही बुधबारदेखि राजधानीमा अटो मेला सुरु हुँदैछ । त्यसका लागि बैंकहरुले अटो लोनको स्कीमहरु सार्वजानिक गरिरहेका छन् । यसले बैंकहरुको कर्जा अझ बढाउने छ ।

मधेस आन्दोलनका बेला गत वर्षको भदौमा भएको अटो मेला प्रभावित भएको थियो । त्यसैले, यसपटक भने अटोमेला भव्य हुने नाडाका अध्यक्ष श्रेष्ठको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment