Comments Add Comment

नेपाल भित्रियो टाटाको टियागो, यस्ता छन् यसका विशेषता

tiago car (5)
१३ भदौ, काठमाडौं । नेपालमा प्यासेन्जर कारको बजार हिस्सा बढाउन आक्रामक बन्दै गएको टाटा मोटरले नयाँ ह्याचब्याक गाडी टियागो सार्वजनिक गरेको छ ।

सामान्यतयाः कमर्सियल भेहिकलमा एक्सपर्ट मानिने टाटाले पछिल्ला दुई बर्षयता आफ्ना प्यासेन्जर कारलाई बिश्वस्तरीय ब्राण्डसँग प्रतिस्पर्धा गर्नेगरी तयार पारिरहेको छ । इञ्जिन, पर्फमेन्स, डिजाइन, सुविधा लगायतका सवै पक्षमा टाटाले टियोमार्फत आफुलाई पुनः परिभाषित गर्ने कोसिस गरेको छ ।

बोल्ट र जेस्टजस्ता पछिल्ला मोडलमा टाटाले आफुलाई सुविधा र इन्जिनमा अब्बल सावित गरिसकेको छ । नयाँ ह्याचब्याक टियागोमार्फत् टाटाले डिजाइनमा पनि नयाँ बेञ्चमार्क सेट गरेको छ । स्र्पोटी लुक्सको गाडीलाई नेपाली उपभोक्ताले निकै रुचाउने कम्पनीको विश्वास छ ।

डिजाइन

यसअघिको इन्ट्री लेभल ह्याचब्याक इण्डिकालाई रिप्लेस गर्नेगरी ल्याइएको हो टियागो । यसअघिका कुनैपनि कारमा नभएको डिजाइन दर्शनअनुसार यो कारलाई तयार पारिएको छ ।

Tata Tigoo
जसका कारण झट्ट हेर्दा तपाइँलाई यो कार टाटाकै उत्पादन हो भन्ने नलाग्न सक्छ । अग्रभाग र पछाडीतिरको डिजाइनमा निकै मेहेनत गरेको देखिन्छ । इन्ट्री लेभल ह्याचब्याक भएपनि डिजाइनका कारण पि्रमियम ह्याचब्याकको झल्को दिन्छ ।

यसले टाटाका उत्पादनहरुमा नयाँ डिजाइन ट्रेन्ड सेट गरेको छ । यो मोडल टाटाका अन्य मोडलभन्दा योङ र फ्रेस लाग्छ ।

इन्टेरियर डिजाइनमा पनि टियागोमा धेरै फरकपन देख्न सकिन्छ । कालो र खैरो मिश्रति ड्यासबोर्ड र आर्कषक क्याबिन डिजाइन झट्ट आँखा तान्छ । सेन्टर कन्सोलमा बोल्टकै जस्तो इन्फोटेन्मेन्ट सिस्टम रहेको छ । जुन यो सेगमेन्टका अन्य प्रतिस्पर्धीभन्दा धेरै उन्नत हो ।

स्टेयरिङ र इन्स्ट्रुमेन्ट कन्ट्रोलमा धेरैजसो पि्रमियम ह्याचब्याक बोल्टकै फिचर राखेर टाटाले प्रतिस्पर्धामा अगाडी देखिन खोजेको छ । भित्री भाग स्पेशियस छ, इन्टेरियर अघिल्ला कारभन्दा निकै भिन्न छ ।

इञ्जिन


टाटाले टियागोलाई पेट्रोल इन्जिनमा ल्याएको छ । १२ सय सीसी क्षमताको तीन सिलिण्डरयुक्त इन्जिन अन्य इन्ट्री लेभल ह्याचब्याकभन्दा निकै पावरफुल छ । यसमा १.२ लिटरको पट्रोल इञ्जिन छ ।

हुण्डाईको ग्राण्ड आईटेन र सुजुकी सेलेरियोभन्दा पनि इन्जिन शक्तिशाली रहेको कम्पनीको दावी छ । यसमा इको र सीटी गरी दुई मोडमा इन्जिन चलाउन सकिन्छ । बोल्टमा जस्तो स्पोर्ट मोड भने छैन् ।

मूल्य

तीन वटा भेरियन्टमा उपलब्ध हुने कार ६ वटा कलरमा रहेको छ । एक्सइ, एक्स एम र एक्सजेड भरेयिन्टकाम कार नेपाल आएको छ ।

tiago car (1)
टियागो स्ट्राइकर ब्ल्यू, बेरी रेड, सनब्रस्ट अरेन्ज, एक्प्रेसो ब्राउन, पर्लसेन्ट हृवाइट र ल्पाटिनम सिल्भर कलरमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यो कारको प्रारम्भिक मूल्य २२ लाख ५५ हजार रुपैयाँ छ । जसमा एक्सइ भेरियन्टको मूल्य २२ लाख ५५ हजार रुपैयाँ तोकिएको छ भने एक्सएमको २५ लाख ५५ हजार र एक्स जेटको मूल्य २८ लाख ५५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

सुविधा

यो गाडीमा १७० मिलिमिटरको ग्राउण्ड क्लेयरेन्स दिइएको छ । पि्रमियम इन्टेरियर डिजाइन भएको टियागोमा क्रोम ह्याण्डल, निटेड फ्याबि्रक, कलर हार्मेनी, ड्युल टोल इन्टेरियर लगायतले गाडी सुसज्जित छ । यसैगरी सुरक्षाका लागि फ्रन्ट एयर ब्याग, अत्याधुकिन एबीएस, इबीडी कर्नर स्टेलिबिलिटी कन्ट्रोल छ ।

tiago car (6)
यो सहित इन्फोटेन्मेन्ट डिस्प्ले, रियर पार्किङ सेन्सर, इनर्जी अब्र्जभिङ बडी पनि यसमा छ । यस्तै यसमा ४ वर्षको वारेन्टी दिइएको छ । यसले प्रतिलिटर २३.८४ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ ।

प्रतिस्पर्धा

डिजाइन, मूल्य र सुविधाका आधारमा भन्दा टाटाको टियागोले सुजुकी स्वीफ्ट र हुण्डाई ग्राण्ड आई-टेनसँग नेपाली बजारमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । स्वीफ्ट र ग्राण्ड आइटेनले नेपाली बजारमा यसअघि नै हजारौंको मन जितिसकेको हुँदा टियागोले सो श्रेणीका ग्राहकलाई तान्न मेहेनत गर्नुपर्ने छ ।

tiago car (2)
तर, जुन पैसामा टाटाले इन्ट्री लेभलको ह्याचब्याक ल्याएको छ, र जसअनुसार फिचरहरु दिएको यसले उपभोक्ताको मन जित्न त्यति कठिन भने छैन् ।

टाटाको विश्वास

टाटा मोटरले आफ्नो उत्पादनलाई बिश्वब्यापी मापदण्डको बनाउन कुनै कसर बाँकी छाडेको छैन् । बाह्य डिजाइन, इन्टेरियर, इन्जिन पर्फमेन्स र विश्वसनियता लगायत सवै सूचकमा टाटाले निकै धेरै सुधार र मेहेनत गरेको देखिन्छ । नेपालमा टाटा मोटरले कार सेगमेन्टमा आफ्नो बजार हिस्सा बढाउन यो मोडल निणर्ायक हुनसक्छ ।

tiago car (4) (1)
खासगरी मूल्य, पाटपूर्जाको उपलब्धता र बिशाल नेटवर्कका कारण नेपाली ग्राहकहरु तुलनात्मक रुपमा भारतीय गाडीप्रति बढी विश्वस्त देखिन्छन् । युरोपेली, जापानी तथा कोरियन गाडीसँग प्रतिस्पर्धा गर्नेगरी आएको टाटाको टियागोले यी अतिरिक्त पक्षका कारण पनि आफ्ना बजार हिस्सा बढाउने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment