Comments Add Comment

निर्वाचन आयोग भन्छ- कानून बनेपछि पनि स्थानीय चुनाव गर्न ६ महिना चाहिन्छ

 

१३ भदौ काठमाडौ । निर्वाचन आयोगले निकट भविष्यमा हुने स्थानीय तहको निर्वाचनका लागि कानुन बनेपछि पनि कम्तीमा ६ महिना समय चाहिने बताएको छ ।

Election-Commision-of-Nepalस्थानीय तहको निर्वाचन विशेष प्रकारको निर्वाचन भएकाले कम्तिमा पनि तयारीका लागि छ महिना समय लाग्ने बताएको हो ।

आयोगले आइतबार गृह मन्त्रालय मार्फत सरकारलाई क्षेत्र निर्धारण आयोगको प्रतिवेदन आएर सबै कानुन उपलब्ध भएको मितिले पनि कम्तिमा ६ महिनाको समय तयारीका लागि चाहिने जानकारी गराएको हो ।

‘स्थानीय निकायको हकमा एकसय वीस दिनको कुरा गरेका हौं,’ गृहमन्त्रालयसँग भएको कुराकानीबारे अनलाइनखबरलाई जानकारी दिँदै एक पदाधिकारीले भने, ‘स्थानीय तह नयाँ संरचना भएको र त्यहि अनुसार मतदान केन्द्र तोक्ने, निर्माण गर्ने र नयाँ संरचना अनुसार मतदाता नामावली समेत व्यवस्थापन गर्नुपर्ने हुन्छ ।’

यी सबै तयारी गर्न कम्तिमा पनि ६ महिना चाहिने आयोगको माग छ ।

यस्तै निर्वाचन आयोगले आइतबार क्षेत्रनिर्धारण आयोगका पदाधिकारीसँग पनि छलफल गरेको छ । छलफलमा आयोगले नयाँ संंरचनामा निर्वाचन गर्नुपर्ने भएकाले आयोगको प्रतिवेदन चाँडो चाहिने बताएको थियो ।

निर्वाचन अयोगको कार्यालयमा भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले क्षेत्र निर्धारण आयोगको प्रतिवेदन र आवश्यक कानूनहरु स्वीकृत भएपछि पनि करिब ६ महिना समय चाहिने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment