Comments Add Comment

महिला हृयाम्मरमा पोल्याण्डकी अनिताको नयाँ कीर्तिमान

Hammer-world-no-1-anita

काठमाडौं । कीर्तिमानी हृयाम्मर थ्रो खेलाडी पोल्याण्डकी अनिता लुदरसिकले आफ्नै नाममा रहेको विश्व कीर्तिमान सुधार गरेकी छन् ।

अनिताले राजधानी वार्सामा आायोजित क्यामिला कोलिमोस्का स्मृति हृयामर प्रतियोगितामा ८२.९८ मिटर फाल्दै विश्व कीर्तिमानमा सुधार गरेकी हुन् । यसअघि रियो ओलम्पिकमा उनले ८२.२९ मिटर फाल्दै विश्व कीर्तिमान बनाएकी थिइन् ।

३१ बर्षीय अनिता विश्वकी एकमात्र महिला खेलाडी हुन्, जसले ८० मिटरभन्दा बढी थ्रो गरेकी छन् । त्यो पनि १ पटकमात्र होइन । उनले ११ पटक ८० मिटरभन्दा बढी थ्रो गरेकी छन् । उनले आइतबारको प्रतियोगितामा मात्र ३ पटक यो कोशेढुंगा पार गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment