Comments Add Comment

दाङ–नयाँदिल्ली बस सेवा सुरू

Dang-to-Delhi-Bus-Service

१३ भदौ, दाङ । राप्ती अञ्चल सार्वजनिक बस व्यवसायी समितिले अन्तर्राष्ट्रियस्तरमा बस सेवा सञ्चालन गरेको छ ।

समितिले पहिलोपटक दाङको भालुवाङदेखि भारतको राजधानी नयाँदिल्लीसम्मका लागि सिधा डिलक्स बस सेवा सञ्चालन गरेको समितिका अध्यक्ष सुरेश हमालले जानकारी दिए ।

उनका अनुसार आजबाट दाङदेखि भारतको नयाँदिल्लीसम्मका लागि दिउँसो ११ः३० बजे बस सञ्चालन भएको हो । त्यसैगरी दैनिक सोमबार, बुधबार, शुक्रबार नेपालबाट भारतको दिल्लीका लागि बस छुट्ने र भारतको दिल्लीबाट नेपालका लागि आइतबार, बुधबार र शुक्रबार बस छुट्ने छ ।

यात्रुको बढ्दो मागसँगै नेपाल–भारत आवतजावत गर्ने यात्रुलाई सहज रुपमा सुरक्षित र भरपर्दो सेवा दिन समितिले बस सेवा सुरु गरेको अध्यक्ष हमालले बताए।

दाङको भालुवाङदेखि भारतको राजधानी नयाँदिल्लीसम्मका लागि दुई हजार रूपैयाँ भाडा तोकिएको छ । पहिलोपटक एउटा बसबाट सेवा आरम्भ गरे पनि यात्रुको मागअनुसार सेवा थप गरिने उनले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment