Comments Add Comment

त्रिपुरेश्वरमा बसको ठक्करबाट मोटरसाइकलमा सवार १ को मृत्यु

Accident

१३ भदौ, काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक व्यक्तिको मृत्यु भएको छ ।

दक्षिणकाली यातायातको बा २ ख ४०४२ नम्बरको बसले बा ७३ प ४३०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट मोटरसाइकलमा सवार धादिङ घर भइ हाल गुर्जुधारा बस्ने २२ वर्षीय विवेक बराइलीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment